Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रचण्ड–नेपाल पक्षले भोली काठमाण्डौमा गर्ने प्रदर्शनका लागि तोक्यो जिम्मेवारी 

प्रचण्ड–नेपाल पक्षले भोली काठमाण्डौमा गर्ने प्रदर्शनका लागि तोक्यो जिम्मेवारी 

images

इच्छाकामना न्युज

२७, माघ २०७७
प्रचण्ड–नेपाल पक्षले भोली काठमाण्डौमा गर्ने प्रदर्शनका लागि तोक्यो जिम्मेवारी 
images

काठमाण्डौ, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले भोलि काठमाडौंमा गर्ने प्रदर्शनका लागि नेताहरुलाई जिम्मेवारी दिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड–नेपाल पक्षले विरोध प्रदर्शन गर्न लागेको हो।पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ।
पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन्। त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल लगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ। प्रचण्डले यो विरोध प्रदर्शनलाई व्यापक बनाउन हिजो काठमाडौंमा आयोजित एक सभाबाट कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । 
हालै प्रधानमन्त्री ओलीले पनि दरबारमार्गमा सभा गर्नुभएको थियो । उक्त सभामा ३५ हजारजति मानिस भेला भएको भन्दै प्रचण्डले अब आफूहरूले जित्ने वातावरण बन्दै गइसकेको र ओलीले हार्ने अवस्था सिर्जना भइसकेको दावी गर्नुभएको थियो ।

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - ०८:५९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology