Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

राष्ट्रिय जनगणना बारे तमु प्ये ल्हु संघ युकेले भुर्चअल अन्तरक्रिया गर्ने

राष्ट्रिय जनगणना बारे तमु प्ये ल्हु संघ युकेले भुर्चअल अन्तरक्रिया गर्ने

images

इच्छाकामना न्युज

२७, माघ २०७७
राष्ट्रिय जनगणना बारे तमु प्ये ल्हु संघ युकेले भुर्चअल अन्तरक्रिया गर्ने
images

 तमू प्ये ल्हु संघ युकेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमू प्ये ल्हु संघहरुबीच अन्तरक्रिया गर्ने भएको छ ।

नेपालमा २०७८ जेष्ठ २५ देखि सुरु हुन लागेको राष्ट्रिय जनगणनाका विषयमा अभिमुखिकरण गर्न तमू प्ये ल्हु संघ युकेले सबै संघहरुबीच भर्चुअल अन्तरक्रिया गर्न लागेको जनाएको हो ।

नेपालमा बसोबास गरिरहेका तमू समुदायले जनगणनामा आफ्नो उमेर, स्वास्थ्य, लिङ्ग, आस्था तथा धर्म, संस्कृति, पेशालगायतका थुप्रै विषयमा विवरण भर्दा उत्पन्न हुने अन्यौल न्यूनिकरणका लागि यही २०२१ फेब्रुअरी २६, शुक्रबारका दिन भर्चुअल अन्तरक्रिया गर्न लागेको तमू प्ये ल्हु संघ युकेले जनाएको छ ।

तमु समुदायका कोही पनि सरकारी क्षेत्राट प्राप्त हुने कुनै पनि सुविधाबाट बन्चित हुनु नपरोस् भन्दै धर्मको महलमा बोन धर्म लेख्न संघले आग्रह गरेको छ ।

‘हाम्रो अभियान, बोंन धर्म हाम्रो पहिचान’ भन्ने नारालाई देशका सबै ठाउँमा प्रचार प्रसार गर्न पनि संघले सम्पूर्ण तमूहरुलाई आग्रह गरेको छ ।

तमु समुदायका सबैलाई राष्ट्रिय जनगणनामा व्यापक रुपमा सहभागिता गराई उचित विवरण संकलन गराउन तमू प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुसीमान ल्हेंगे तमूले आग्रह गरेका छन ।

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - ०८:४१:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology