Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको आँबुखैरेनीमा बाह्मण समाजद्वारा प्रशिक्षण

तनहुँको आँबुखैरेनीमा बाह्मण समाजद्वारा प्रशिक्षण

इच्छाकामना न्युज

२८, श्रावण २०८१
तनहुँको आँबुखैरेनीमा बाह्मण समाजद्वारा प्रशिक्षण
images

आँबुखैरेनी । ब्राह्मण समाज नेपाल आबुखैरेनी गाउँपालिका–१ को आयोजनामा समाजका आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

images
images

कार्यक्रममा प्रमुख अतिथि ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष कृष्ण चन्द्र पाण्डेले समुघाटन गर्नु हुदै जातीय सद्भाव कायम राख्दै समाजको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरू गर्दै ब्राह्मणहरूको आचरण संस्कार संस्कृति जर्गेनाको लागि हर तहबाट सबैले आआफ्नो ठाउँबाट विशिष्ट योगदान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

सो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वेद अनुयायी प्रतिष्ठान का अध्यक्ष कृष्णकान्त काफ्ले, जिल्ला कार्यसमितिका कोषाध्यक्ष गङ्गाप्रसाद पोख्रेल, आँबु खैरेनी गाउँ समितिका अध्यक्ष गङ्गाराम कोइराला जिल्ला कार्य समितिका सदस्य गोविन्दराज पन्त, जिल्ला कार्यसमितिका सदस्य गोविन्दराज पन्त, महेन्द्र मोहन भट्टराई, अचुत वाग्ले, गोपाल पौडेल, नानीराम अधिकारी ईश्वर वाग्ले र उपेन्द्र चापागाईं लगायतले समाजको आवश्यकता र भावी कार्यदिशाको बारेमा प्रष्ट पार्नुभएको थियो ।

सो अवसरमा आजीवन सदस्यहरूलाई प्रमाणपत्र र जिल्ला कार्यसमिति तनहुँबाट प्रकाशित गरिएको प्रथम स्मारिका (पाञ्चजन्य नामक पुस्तक)एक÷एक थान प्रदान गरिएको थियो ।  उक्त कार्यक्रम वार्ड समितिका अध्यक्ष रामचन्द्र पण्डित को सभापतित्वमा भएको थियो ।

images
प्रकाशित मिति :श्रावण २८, २०८१ सोमवार - ०९:५२:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology