Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

इच्छाकामना चेम्बर अफ कमर्सको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा अश्मिन कुमार लम्साल निर्वाचित

इच्छाकामना चेम्बर अफ कमर्सको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा अश्मिन कुमार लम्साल निर्वाचित

images

इच्छाकामना न्युज

२६, श्रावण २०८१
इच्छाकामना चेम्बर अफ कमर्सको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा अश्मिन कुमार लम्साल निर्वाचित
images

चुम्लिङटार । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा रहेका व्यवसायीहरुको साझा संस्था इच्छाकामना चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका तदर्थ समिति अध्यक्ष अश्मिन कुमार लम्सालको सभापतित्व तथा इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यतामा आज (शनिबार) चुम्लिङटार स्थित सिद्धार्थ रिभरसाईड रिसोर्टमा अधिवेशन सम्पन्न भएको हो ।

454308389_902141018389356_4191581935493566721_n.jpg

अधिवेशनले अश्मिन कुमार लम्साललाई अध्यक्षमा निर्वाचित गर्दै १९ सदस्यीय इच्छाकामना चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति चयन गरेको छ । चेम्बरको पदाधिकारीहरु मध्य वरिष्ठ उपाध्यक्षमा तेजकृष्ण प्रजापति, उपाध्यक्षमा मोदराज सिलवाल, महासचिवमा माधवप्रसाद पोखरेल, सचिवमा लक्ष्मी कंडेल र कोषाध्यक्षमा कमला भुजेल निर्वाचित भएको छ । 

453852037_3508200326137073_8156244102057589565_n.jpg

यस्तै सदस्यहरुमा रण बहादुर बुढाथोकी, राजु श्रेष्ठ, चित्र बहादुर गुरुङ, रुपेश तामाङ, रुद्र त्रिपाठी, राजु सुनार, यमप्रसाद सिलवाल, नारायणप्रसाद पाण्डे, मधुमाया गुरुङ र सावित्रि पुडाशैनी खनाल निर्वाचित भएका छन् भने २ सदस्य पछि कार्यसमिति चयन गर्ने निर्वाचन मण्डलका संयोजक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

 

अधिवेशनको समुद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा नेपाल चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष एवं नगर गाउँ केन्द्रीय सदस्य भाइचन्द्र श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स चितवनका अध्यक्ष एवं केन्द्रीय सदस्य गोपाल भट्टराई नेपाल चेम्बर अफ कमर्सको कर्णाली प्रदेश संयोजक लक्ष्मण न्यौपाने, नेपाल चेम्बर अफ कमर्स चितवनका वरिष्ठ उपाध्यक्ष सोम प्रसाद काप्री, इच्छाकामना गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष एवं प्रवक्ता नर बहादुर नेपाल, वडा नं. ४ का वडाध्यक्ष रुद्र उप्रेती लगायत अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।

images
प्रकाशित मिति :श्रावण २६, २०८१ शनिवार - २०:२३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology