Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

images

एजेन्सी

२६, श्रावण २०८१
ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु
images

ब्राजिलमा यात्रुवाहक विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको हो ।

जहाजमा ५७ यात्रु र चालक दलका ४ सदस्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार विमान पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो । साओ पाउलोमा सेमिनारमा भाग लिन जाँदै गरेका डाक्टरहरू उक्त जहाजमा सवार थिए । दुर्घटनास्थलमा अन्य मानिसहरू नपरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

दुर्घटनापछि विमान कम्पनीले विज्ञप्ती जारी गरेर भनेको छ, ‘फ्लाइट २२८३ मा सवार सबै ६१ जनाको दुर्घटनास्थलमै मृत्यु भएको जानकारी गराउनुपर्दा हामी दुःखी छौं । यो समय वोयपास पीडितका परिवारलाई सहायता गर्ने विषयलाई प्राथमिकतामा राख्छ । दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूलाई सहयोग गरिरहेका छौं ।’ यात्रुहरूबारे थप विविरण सार्वजनिक भएको छैन । विमान के कारणले दुर्घटना हुन पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०८१ शनिवार - ०८:००:१७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology