कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा डेङ्गु रोगको संक्रमण झन बढ्दै गएको छ । गाउँपालिकाको एकमात्र अस्पताल इच्छाकामना आधारभुत अस्पतालले आजबाट डेङ्गु संक्रमितको अपडेट जारी गर्दै पछिल्लो समय इच्छाकामनामा डेङ्गु संक्रमण बढ्दै गएको बताएको हो ।
अस्पतालले जारी गरेको अपडेट अनुसार अहिलेसम्म १५१ जनामा डेङ्गु परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्य ५ जना बाहिरी जिल्लाका छन् भने बाँकी ७६ जना इच्छाकामना गाउँपालिकाकै रहेका छन् ।
इच्छाकामना गाउँपालिकाका संक्रमित मध्य पनि वडा नं. ५ मा अत्याधिक संक्रमित पाईएको छ । उक्त वडाका ५७ जनामा संक्रमण देखिएको छ भने वडा नं. ३ मा २, वडा नं. ४ मा १६, वडा नं. ६ मा १ र बाँकी वडा नं. १, २ र ७ मा भने संक्रमित ० रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा मात्रै ७ जनामा संक्रमण देखिएको अस्पतालले जानकारी दिएको छ ।
