Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

शहिद लखनको बुंकोटमा अरिङ्गालको गोला चोरी भएको भन्दै वडामा उजुरी

शहिद लखनको बुंकोटमा अरिङ्गालको गोला चोरी भएको भन्दै वडामा उजुरी

इच्छाकामना न्युज

१६, श्रावण २०८१
शहिद लखनको बुंकोटमा अरिङ्गालको गोला चोरी भएको भन्दै वडामा उजुरी

गोरखा । गोरखामा अरिङ्गालको गोला चोरी भएपछि वडा कार्यालयमा उजुरी परेको छ। घरको सिलिङमा रहेको अरिङ्गालको गोला चोरी भएपछि वडा कार्यालयमा उजुरी परेको हो । शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा अरिङ्गालको गोलामा आगो लगाएर चोरी गरेको भन्दै यसमा संलग्नहरूको खोजी गरी कारबाही माग गर्दै उजुरी परेको छ।

images

वडा सदस्यसमेत रहेका डिलबहादुर गरन्जाको घरमा गत साउन ९ गते राति करिब १ः३० बजे आगो लगाएर अरिङ्गालको गोला चोरी भएको थियो। वडाध्यक्ष शरण श्रेष्ठका अनुसार खाब्दीभन्ज्याङस्थित घरको सिलिङमा रहेको अरिङ्गाल गोला आगो लगाएर चोरी परेको भन्दै वडा सदस्य गरन्जाबाट कार्यालयमा उजुरी प्राप्त भएको छ।

images
प्रकाशित मिति :श्रावण १६, २०८१ बुधवार - १२:५९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology