Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

ओली जनताबाट टाढिएको प्रचण्डको दाबी 

ओली जनताबाट टाढिएको प्रचण्डको दाबी 

इच्छाकामना न्युज

२६, माघ २०७७
ओली जनताबाट टाढिएको प्रचण्डको दाबी 

काठमाण्डौ, २६ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको बताउनुभएको छ । आज राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा प्रचण्डले अहिले लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनको भएको बताउनुभयो ।
हाम्रो लडाइँ पदको लागि हैन, विचार, सिद्धान्त, प्रणालीको लागि हो, उहाँले भन्नुभयो ।  अहिले आफूहरु जनताको पक्षमा गएको भन्दै प्रचण्डले ओली जनताबाट टाढिएको दाबी गर्नुभयो । आफुहरु जनताकोर संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा गएको प्रचण्डको भनाइ छ ।  पुस ५ देखि नै प्रतिगमनका विरुद्ध लडाइँ सुरु भएको र अहिले प्रतिगमकारी हार्ने वातावरण बनेको प्रचण्डले बताउनुभयो ।  अध्यक्ष प्रचण्डले पछिल्लो समय ओली रक्षात्मक भएको दाबी पनि गर्नुभयो  । 
प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड– नेपाल समूह दोस्रो चरणको आन्दोलनमा छ । यो समूहले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
यस्तै अर्का अध्यक्षमाधवकुमार नेपालले विगतमा भएका कमी कमजोरी सच्चाउने प्रतिबद्धतासहित स्वेत पत्र जारी गर्ने बताउनुभएको छ । विगतमा भएका त्रुटिहरु सच्चाउने प्रतिबद्धता गरौँ, प्रतिबद्धता पत्र जारी गरौं , उहाँले भन्नुभयो । 

images

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - २०:३७:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology