Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

इच्छाकामनाका शिक्षक र स्वास्थ्यकर्मीसँग आत्महत्या न्युनिकरण सम्बन्धि अन्तरक्रिया

इच्छाकामनाका शिक्षक र स्वास्थ्यकर्मीसँग आत्महत्या न्युनिकरण सम्बन्धि अन्तरक्रिया

images

इच्छाकामना न्युज

२२, आषाढ २०८१
इच्छाकामनाका शिक्षक र स्वास्थ्यकर्मीसँग आत्महत्या न्युनिकरण सम्बन्धि अन्तरक्रिया
images

कुरिनटार ।  चितवनको इच्छाकामनाका शिक्षक र स्वास्थ्यकर्मीहरुसँग आत्महत्या न्यूनिकरण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बागमती प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

डा. स्वप्नील शर्मा र मनोविद दिवाकर जोशीले आत्महत्याका कारण र न्यूनिकरण बारे अभिमुखीकरण दिनुभएको थियो । वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक निरला भण्डारी, इच्छाकामना आधारभूत अस्पतालका स्वास्थ्यकर्मी, टोलविकास संस्थाका पदाधिकारीहरु, शिक्षक, जनप्रतिनिधिहरुको सहभागिता रहेका थिए । कार्यक्रम स्वास्थ्य शाखा प्रमुख हरिदेवकोटाले सञ्चालन गर्नुभएको थियो ।  

नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । अधिकांश १५ देखि २९ वर्ष उमेर समूहका मानिसहरुले मानसिक रोगका कारण आत्महत्या गर्ने पाइएको छ । व्यक्तिगत, आर्थिक, सम्बन्ध र समुदायका कारण आत्महत्या गर्ने अनुसन्धानले देखाएको छ । 

images
प्रकाशित मिति :आषाढ २२, २०८१ शुक्रवार - २३:०३:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology