Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

इच्छाकामना गाउँपालिकाद्वारा सुन्ताला किसानलाई ५० प्रतिशत अनुदानमा बेर्ना वितरण

इच्छाकामना गाउँपालिकाद्वारा सुन्ताला किसानलाई ५० प्रतिशत अनुदानमा बेर्ना वितरण

images

इच्छाकामना न्युज

२२, आषाढ २०८१
इच्छाकामना गाउँपालिकाद्वारा सुन्ताला किसानलाई ५० प्रतिशत अनुदानमा बेर्ना वितरण
images

कुरिनटार ।  चितवनको इच्छाकामना गाउँपालिकाले किसानहरुलाई  अनुदानमा सुन्तलाको बिरुवा वितरण गरेका  छन् ।  सुखी खुशी समृद्ध इच्छाकामना, कृषि पर्यटन र पूर्वाधार विकास  हाम्रो चाहना भन्ने मूल नाराका साथ फलफूल सुन्तला विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा गाउँपालिकाले किसानहरुलाई सुन्तलाको कलमी र बिजु बिरुवा वितरण गरेका हुन् ।

89725075-450d-435b-8544-e2825b45b0c01720110094.jpg

इच्छाकामना गाउँपालिकालाई सुन्तला प्रवद्र्धन गर्नको लागि पहिले ५० प्रतिशत  अनुदानमा किसानहरुसँगै सम्झौता गरेर सामाग्रीहरु वितरण गरिएको थियो।  त्यसपछि ५० प्रतिशत किसानकै साझेदारीमा सुन्तलाका विरुवा वितरण गरिएको हो । आठ हजार कलमी १२ हजार विजु गरि २० हजार सुन्तलाको बिरुवा वितरण गरिएको कृषि शाखामा कार्यरत कृषि प्राविधिक उमेशकुमार चौधरीले जानकारी दिनुभयो ।उहाँका अनुसार कलमीको  ७५ रुपैयाँ किसान र ७५ रुपैयाँ गाउँपालिकाको रहेको छ । विजुको  १२ रुपैयाँ ५०  पैसा किसान र १२.५० रुपैयाँ साझेदारीमा सुन्तला विरुवा वितरण गरिएको हो । 

449438467_3548634885427369_6899424985457259433_n.jpg

 गाउँपालिका उपाध्यक्ष माया सिलवालले इच्छाकामना गाउँपालिकाको आयोजनामा सुन्तला विरुवा वितरण भईरहेको बताउनुभयो । किसानहरुको ५० प्रतिशत र इच्छाकामना गाउँपालिकाको ५० प्रतिशत लागतमा सुन्तला बिरुवा वितरण गरिएको उहाँले बताउनुभयो ।  सुन्तला विरुवा पाएसगैँ किसानहरु  खुशी भएको उहाँले बताउनुभयो ।  उहाँका अनुसार किसानहरुको मागको आधारमा सुन्तलाका विरुवा वितरण गरिएको हो  । वडा न. ३  मा सुन्तला महोत्सव मनाएको र सोही ठाउँलाई सुन्तला प्रवद्र्धनका लागि विशेष प्राथमिकता दिइएको उहाँको भनाई छ । आउने बर्षहरुमा पनि किसानीहरुलाई लक्षित गरेर कार्यक्रम ल्याउँने उहाँले बताउँनुभयो ।  

तोक्दाङ ढाप कृषक समुहको अध्यक्ष चन्द्र बहादुर गुरुङले अनुदानमा सुन्तलाको बिरुवा माग गर्नुभएको थियो  ।  ७५ कलमी ३८० विजु विरुवा गरि ४५५वटा सुन्तलाको विरुवा समूहमा पाएको उहाँले बताउनुभयो । 
यसैबिच  अर्का किसान गिर बहादुर गुरुङ  र होम बहादुर गुरुङले पनि  आफूहरुले फर्म भरे अनुसार नै विरुवा पाउँदा खुशी व्यक्त गर्नुभयो । 
गाउँपालिकाले सुन्तला खेती प्रवद्र्धनका लागि सुन्तला विरुवा सहित  आवश्यक औजारहरु समेत अनुदानमा उपलब्ध गराउँदै आएको छ। 

images
प्रकाशित मिति :आषाढ २२, २०८१ शुक्रवार - ०९:२८:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology