Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मुग्लिन बजारमा सरसफाई गरि करिब ५ क्विन्टल फोहोर संकलन

मुग्लिन बजारमा सरसफाई गरि करिब ५ क्विन्टल फोहोर संकलन

images

इच्छाकामना न्युज

२२, आषाढ २०८१
मुग्लिन बजारमा सरसफाई गरि करिब ५ क्विन्टल फोहोर संकलन
images

मुग्लिन । प्लाष्टिकजन्य फोहोर न्यूनिकरणको काम गर्दै आएको क्रिएशन  नेपालले मुग्लिन बजारमा सरसफाई गरेका छन् । बिहिबार स्थानीयहरुको सहभागितामा बजार क्षेत्रमा फोहोर संकलन गरेका हुन् ।  

बजार सरसफाई गर्दा ४४८.६५ किलोग्राम फोहोर संकलन गरिएको भोलेन्टिएर सुमित्रा चेपाङले  जानकारी दिनुभयो । विश्व बैँकको सहकार्यमा क्रियाशन नेपालले प्लाष्टि जन्य फोहोरलाई न्यूनिकरण गर्ने काम गरिरहेका छन् । संस्थाले सन् २०२४ को फेब्रुअरीबाट कार्यक्रम सुरु गरेकोमा अहिले सम्म खुर्कोटबाट गोलाञ्जोर ,सुनकोशी,बर्दिबास, भावसीखोलाको सरसफाई गरिसकेको छ । 

करिब २५ बर्ष पहिला नदीको पानी अत्याधिक सफा हुने गरेकाले अहिले नदिमा जथाभावी फोहोर फैलाउने काम गरेको कारणले नदिमा नकरात्मक परिस्थिति सिर्जना भएकाले सरसफाई गरेको बताइएको छ । यसबाट सुरु गरेको सरसफाई कार्यक्रमलाई निरन्तरता दिइने इच्छाकामना शाखाकी संयोजक सुमित्रा चेपाङले बताउनुभयो । उक्त संकलित फोहोरलाई प्रयोगमा आउने र  नआउने छुट्याएर डम्पिङ साइटमा व्यवस्थापन गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०८१ शुक्रवार - ०९:२६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology