Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

इच्छाकामनामा वृक्षारोपण तथा चिउरीको बेर्ना वितरण गरि मनाईयो वृक्षारोपण दिवस र मदन भण्डारीको ७३ औं जन्म जयन्ती

इच्छाकामनामा वृक्षारोपण तथा चिउरीको बेर्ना वितरण गरि मनाईयो वृक्षारोपण दिवस र मदन भण्डारीको ७३ औं जन्म जयन्ती

images

इच्छाकामना न्युज

१६, आषाढ २०८१
इच्छाकामनामा वृक्षारोपण तथा चिउरीको  बेर्ना वितरण गरि मनाईयो वृक्षारोपण दिवस र मदन भण्डारीको ७३ औं जन्म जयन्ती
images

कुरिनटार । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ तथा मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा इच्छाकामना गाउँपालिकाद्धारा बृक्षारोपण तथा चिउरीको विरुवा रोपेर मनाइएको छ । इच्छाकामना गाउँपालिकाको प्रदेशद्वार अगाडी  एक कार्यक्रमकाबिच बिरुवा रोपेर  मनाइएको हो । 

इच्छाकामना गाउँपालिका कृषि शाखाका अधिकृत आशिष त्रिपाठीले इच्छाकामना गाउँपालिकाद्धारा राष्ट्रिय बृक्षारोपण दिवस २०८१ मनाउने क्रममा चिउरी चेपाङ चमेरो अर्थात चेपाङ समुदायको उत्थानको लागि चिउरी संरक्षण कार्यक्रम अन्तर्गत रहेर चिउरीको बोटहरु बृक्षारोपण कार्यक्रम संचालन गरिएको बताउनुभयो।  गाउँपालिकाकै प्राङ्गण बाहिर बृक्षारोपण गरेर कार्यक्रमको सुरुवात गरिएको थियोे । 

448924359_3371540136314339_5084285047351421951_n.jpg

यसैबिच कालिखोलामा चिउरीको सम्भावित क्षेत्र चेपाङ समुदायको राम्रो बसोबास भएको ठाउँ पहिचान गरेर चिउरीको बोटहरु अहिलेको लागि समुदायमा हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । यस अघि चिउरी चेपाङ संरक्षण कार्यक्रम अन्तर्गत इच्छाकामना गाउँपालिका वडा न। १ ,२ र ६ मा ६ को विभिन्न ६ वटा स्थानहरुमा चिउरी र चमेरोको संरक्षणको लागि गर्नुपर्ने पहल र पैरवीका  विषयमा जनचेतना अभिवृद्धी गराउने खालका सचेतना मुलक कार्यक्रमहरु संचालन गरिसकेको र चेपाङ समुदायबाट चिउरीको विरुवा थप  माग गरेकाले  थप विरुवा वितरण गरिएको  बताउनुभयो ।  

449193072_3371540049647681_5477575593913912513_n.jpg

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले चेपाङ चिउरी चमेरो संरक्षण अन्तर्गत विश्व बृक्षारोपण दिवस र नेपालीहरुको लोकप्रिय नेता मदन भण्डारीको जन्मदिन आज परेको हुदाँ यो दिवस मनाउन कालिखोला क्षेत्र विशेष गरि चेपाङ समुदायको बसोबास भएको हुनाले करिब ५०० चिउरीका बोट रोप्ने निर्णय गरिएको बताउनुभयो ।कालिखोलाको बिद्यालय क्षेत्रमा आफ्नो बारी छेउछाउ रोप्न चेपाङ चिउरी चमेरो संरक्षण गर्नको लागि सञ्चालन गरिएको कार्यक्रममा चेपाङ समुदायको सक्रिय सहभागिता रहेको उहाँले बताउनुभयो । 

449194811_3371540192981000_3581550992084623945_n.jpg

यो कार्यक्रम निरन्तर असार मसान्तसम्म चल्ने र विभिन्न किसिमको फलफुलको बिरुवा रोप्ने कार्यक्रम गर्न अझै बाँकी रहेको उहाँले बताउनुभयो। यस कार्यक्रमले चेपाङ समुदायको लागि आयाअर्जनमा थप टेवा पुग्ने बिश्वास उहाँले व्यक्त गर्नुभयो।

448931619_3371539949647691_9115603778324625834_n.jpg

कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, प्रमुख प्रशासकिय अधिकृत  चन्द्रकान्त बस्नेत लगायतको उपस्थिति  रहनुभएको थियो । 

images
प्रकाशित मिति :आषाढ १६, २०८१ शनिवार - ०७:३४:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology