Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

लायन्स तथा लियो क्लव आँबुखैरेनी सिटीको सत्रसयमा १ दिने निःशुल्क दन्त शिविर सम्पन्न 

लायन्स तथा लियो क्लव आँबुखैरेनी सिटीको सत्रसयमा १ दिने निःशुल्क दन्त शिविर सम्पन्न 

images

इच्छाकामना न्युज

२६, माघ २०७७
लायन्स तथा लियो क्लव आँबुखैरेनी सिटीको सत्रसयमा १ दिने निःशुल्क दन्त शिविर सम्पन्न 
images

आँबुखैरेनी, २५ माघ । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. १ स्थित सत्रसयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। लायन्स तथा लियो क्लव अफ आँबुखैरेनी सिटीको आयोजनामा शनिबार एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको हो। 
शिविर सत्रसय स्थित आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा भएको थियो। शिविरमा १ सय भन्दा धेरैले दन्त परिक्षण गराएका थिए। शिविरबाट रेफर भएका ४० जना बिरामीलाई ओम बिराज डेन्टल केयरले निःशुल्क औषधी उपचार गर्ने डेन्टलका संचालक राजन ढकालले बताउनुभएको छ। 
वडा नम्बर १ का वडाध्यक्ष किसान थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनाल, लियो क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष अमृत पण्डित लगायतको उपस्थिती रहेको थियो। 
उक्त शिविरमा आँबुखैरेनी र बन्दिपुर गाउँपालिकाले औषधी उपलब्ध गराएका थिए भने अन्य सहयोग आँबुखैरेनीमा रहेको ओम बिरामज डेन्टल केयर प्रा.लि.का संचालक राजन ढकाल र लायन्सका अध्यक्ष शिब खनालले गरेका थिए। 
शिविरमा ओम बिराज डेण्टल केयरका डाक्टर ओसिन थापाको नेतृत्वको प्राविधिक टिमले दन्त परिक्षण गरेको लियोका अध्यक्ष अमृत पण्डितले जानकारी दिनुभयो।

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - ०९:५९:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology