Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

देवघाट गाउँपालिकाले ल्यायो ४५ करोड ५८ लाखको बजेट

देवघाट गाउँपालिकाले ल्यायो ४५ करोड ५८ लाखको बजेट

images

इच्छाकामना न्युज

१२, आषाढ २०८१
देवघाट गाउँपालिकाले ल्यायो ४५ करोड ५८ लाखको बजेट
images

देवघाट । तनहुँको देवघाट गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१/०८२ का लागि ४५ करोड ५८ लाख ८८ हजार ५ सय रूपैयाँको बजेट पेस गरेको छ । गाउँपालिकाको गाउँ सभा तथा चौधौँ अधिवेशनमा पालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले बजेट पेस गर्नुभएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि तर्जुमा भएको नीति तथा कार्यक्रम अनुसार वार्षिक विकास योजना,कार्यक्रम तथा बजेट तर्जुमा भएको छ ।

1719239131-jUPrp.jpg

“समुन्नत देवघाटको आधारः धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार“ अभियानलाई साकार पार्ने गरी बजेटलाई केन्द्रित गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताएका थिए । बस्ती तथा टोलस्तरबाट प्राप्त सुझाव तथा आयोजना र कार्यक्रमलाई सम्बोधन हुने गरी वडा समितिबाट प्राथमिकता निर्धारण गरी प्राप्त भएका कार्यक्रमलाई बजेटमा समेटि आर्थिक विकासलाई उच्च प्राथमिकता दिई भौतिक पूर्वाधार विकास, सामाजिक विकास, वन, वातावरण तथा सुशासन र संस्थागत विकासको लागि बजेट केन्द्रित गरिएको अध्यक्ष थापाले बताए ।

 

images
प्रकाशित मिति :आषाढ १२, २०८१ मंगलवार - ०९:४१:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology