Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मुग्लिनमा महिलाहरुको लागि आयोजित १५ दिने सर्फ र साबुन बनाउने तालिम सकियो

मुग्लिनमा महिलाहरुको लागि आयोजित १५ दिने सर्फ र साबुन बनाउने तालिम सकियो

images

इच्छाकामना न्युज

१०, आषाढ २०८१
मुग्लिनमा महिलाहरुको लागि आयोजित १५ दिने सर्फ र साबुन बनाउने तालिम सकियो
images

मुग्लिन। चितवनको इच्छाकामना ५ मुग्लिनमा १५ दिने सर्फ  र साबुन बनाउने तालिम सम्पन्न भएको छ । इच्छाकामना गृहिणी महिला  सशक्तिकरण कार्यक्रम अन्तरगत गाउँपालिकाको आयोजना तथा सिजर्नशिल महिला जागरण केन्द्र इच्छाकामना ५ मुग्लिनको प्राविधिक सहयोगमा  तालिम सम्पन्न भएको हो । 
   

शनिबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको  प्रमुख आतिथ्यतामा तालिमको  समापन गरिएको हो ।  समापन कार्यक्रममा बोल्दै अध्यक्ष दान बहादुर गुरुङले सिकेको सीपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।उहाँले गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि मागको आधारमा विभिन्न तालिमहरु संचालन गरिरहेको बताउनुभयो ।  अध्यक्ष गुरुङले सिर्जनशिल महिला  जागरण केन्द्रले इच्छाकामनामा उदाहरणीय काम गरिरहेको बताउनुभयो । उहाँले उद्योग सञ्चालनका लागि

गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सर्फ बनाउनका लागि मेसिन खरिद गर्न सहयोग गर्ने आवश्वासन दिनुभयो । ५० प्रतिशत अनुदानमा उपलब्ध गराइदिने बताउनुभयो ।उहाँले गाउँपालिकाले बजारीकरणका लागि सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उपाध्यक्ष माया सिलवालले  महिलाहरु आफै सक्षम हुनुपर्ने बताउनुभयो । तालिमबाट सिकेको सीपलाई आयआर्जनमा बदल्न आग्रह गर्नुभयो ।  उहाँले सिर्जनशिल महिला जागरण केन्द्रले उदाहरणीय काम गरिरहेको बताउनुभयो । काम गर्नेहरुलाई थप हौसला प्रदान गर्नुपर्ने  बताउनुभयो । उहाँले सर्फ बनाउनका लागि मेसिनको आवश्यकता रहेकोले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

कार्यक्रममा वडाध्यक्ष तेज बहादुर शेरचनले वडाले गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दे उद्योगी बन्न आग्रह गर्नुभयो । उहाँले तालिमहरु सञ्चालन गरेपनि उपलब्धी नभएको  बताउनुभयो । सिर्जनशिल महिला जागरण केन्द्रले भने यस अघि  सिकेको सीपको सदुपयोग गर्दै व्यवसायीक रुपमा काम गरेकोमा धन्यवाद दिदैँ आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा सिर्जनशिल महिला जागरण केन्द्रका अध्यक्ष सावित्री पुडासैनी खनालले यस अघि प्रदेश सरकारबाट प्राप्त तालिमबाट संस्थाका महिलाहरुले  झोल साबुनको उद्योग सञ्चालन गरिरहेको बताउनुभयो । सो उद्योगमा २ जना महिलाले निरन्तर रोजगार पाइरहेको  बताउनुभयो । सो उद्योगका  बाहिर र मार्केटिङमा कारण ६/ ७ जनाले आंशिक रुपमा रोजगार पाएका  छन् । 

सर्फ बनाउनका लागि मेसिन आवश्यक रहेको बताउनुभयो । गाउँपालिकाले अनुदान  उपलब्ध गराएमा  अपुग रकम संस्थाले जोह गर्ने बताउनुभयो । मेसिन भए उत्पादन बढाउन सकिने र थप महिलाहरुका लागि रोजगार सिर्जना हुने  बताउनुभयो । 

कार्यक्रममा वडा नम्बर ५ का पूर्व वडा सदस्य बलराम त्रिपाठी गाउँपालिका ,राजश्व शाखा प्रमुख रीता अर्याल नेपाल लगायतले मन्तव्य राख्नुभएको थियो ।   मिरा पन्तले  स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सरिता सुवेदीेले सञ्चालन गर्नुभएको थिायो । 

१५ दिन सम्म चलेको तालिममा २० जना महिला सहभागी थिए । तालिमको प्रशिक्षकहरु  कृष्ण रिमाल, सपना अधिकारी र  पुष्पा थापा रहनुभएको थियो । 

गाउँपालिका अध्यक्षले तालिममा सहभागी  र प्रशिक्षकहरुलाई प्रमाणपत्र प्रदान गनुृभएको थियो । 

images
प्रकाशित मिति :आषाढ १०, २०८१ आइतवार - ०६:२७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology