मुग्लिन । इच्छाकामना गाउँपालिका वडा नं-६, पाँचकिलोस्थित नारायणगढ मुग्लिङ सडकखण्डमा चलिरहेको मोटरसाइकलबाट मोबाइलमा भिडियो बनाउनेक्रममा लडेर एक किशोर गम्भीर घाइते भएका छन् ।
भरतपुरदेखि काठमाडौँतर्फ जाँदै गरेको ग ११ प ७३६० नम्बरको मोटरसाइकलपछाडि सवार भारतको बेतिया मधौली थाना विहार बस्ने अन्दाजी १६ वर्षीय महमद सिराज आलम चलिरहेको मोटरसाइकलबाट मोबाइलमा भिडियो बनाउनेक्रममा अचानक लडी गम्भीर घाइते भएका छन् ।
टाउको र हातमा चोट लागी गम्भीर घाइते भएका आलमको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र उपचारमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय मुराज आलम संलग्न रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।