कुरिनटार । घरदैलोको जनताको सरकारको रुपमा स्थापित भै जनताको भलो गर्नुपर्ने स्थानीय सरकारका जनप्रतिनिधिहरु पछिल्लो समय आफ्नै भलोमा लिप्त हुन थालेका छन् । यसैको पछिल्लो उदाहरण बनेको छ इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधिहरु ।
महालेखा परिक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षणमा इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधिहरुले ऐन विपरित आफ्नै जिवन बिमा गरेको पाईएको छ । गाउँपालिकाले नेपाल लाईफ इन्सुरेन्सबाट गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल सहित ३८ जना जनप्रतिनिधिको जीवन बिमा गरेको पाईएको छ । सो वापत गाउँपालिकाले बिमा कम्पनीलाई ३ लाख ८२ हजार ५ सय ९५ रुपैयाँ भुक्तानी दिएको देखिएको छ ।
महालेखाले भने उक्त रकम ऐन विपरित गाउँपालिकाले भुक्तानी दिइएको पाईएकोले तत्काल असुल उपर गर्नुपर्ने भन्दै बेरुजु लेखिदिएको छ ।
