Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

इच्छाकामनाको कुरिनटारमा धुप बनाउने तालिम सुरु

इच्छाकामनाको कुरिनटारमा धुप बनाउने तालिम सुरु

images

इच्छाकामना न्युज

२८, जेठ २०८१
इच्छाकामनाको कुरिनटारमा धुप बनाउने तालिम सुरु
images

कुरिनटार ।  चितवनको इच्छाकामनामा धुप बनाउने तालिम सुरु भएको छ । सिप सिकौँ, स्वरोजगार बनौँ भन्ने मुल नाराका साथ इच्छाकामना गाउँपालिकाको आयोजनामा गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत कुरिनटारमा १५ दिने धुप बनाउने तालिम सुरु भएको हो । 

उक्त तालिममका लागि धादिङ चेली इच्छाकामना महिला सहयात्री संस्था इच्छाकामनाले प्राविधिक सहयोग गरेको छ ।तालिमको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दान बहादुर गुरुङले तालिम पश्चात आफुले सिकेको सीपलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । उहाँले समय कटाउनका लागि मात्र भए तालिममा सहभागी नहुन आग्रह गर्नुभयो। समय बर्बाद गर्नु भन्दा अन्य व्यवासयमा लाग्न आग्रह गर्नुभयो । तालिम लिएर व्यवहारमा लागु नगर्दा लगानी खेर जाने भन्दै उहाँले काम गर्न चाहनेहरुका लागि अवसर दिन आग्रह गर्नुभयो । 

उपाध्यक्ष माया सिलवालले महिलाहरु आफै स्वालम्बन बन्नुपर्ने बताउनुभयो । हातमा सीप भए र उद्यमी बने कसैसामु हात थाप्नु नपर्ने उहाँको भनाइ छ। आफ्नो कर्तव्य र जिम्मेवारी पुरा ग¥यो भने अधिकार आफै प्राप्त हुने बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले तालिमको मुख्य उदेश्य घरमा बस्नु हुने  गृहिणी महिलाहरुले घरको कामकाजसगैँ फुर्सद भएको समयामा आफुसँग भएको सीपलाई सदुपयोग गर्दै आयआर्जनमा जोड्ने रहेको बताउनुभयो ।  

कार्यक्रममा धादिङ चेली इच्छाकामना महिला सहयात्री संस्था इच्छाकामनाका अध्यक्ष रीता अर्याल नेपालले महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।स्थानीय सरकारको सहकार्यमा गाउँ–गाउँमा रहनुभएका महिलाहरुलाई सीप प्रदान गरि आत्मनिर्भर बनाउने धादिङ चेली इच्छाकामना महिला सहयात्री संस्थाको उदेश्य रहेको अध्यक्ष नेपालको भनाई छ । 

कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता नर बहादुर नेपाल, धादिङ चेली इच्छाकामना महिला सहयात्री संस्थाका सल्लाहकार संयोजक सावित्री सिलवाल लगायतले मन्तव्य राख्नुभएको थियो । वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रम संस्थाका सचिव भगवती सिलवालले सञ्चालन गर्नुभएको थियो । 

images
प्रकाशित मिति :जेठ २८, २०८१ सोमवार - ०८:०१:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology