कुरिनटार । अध्यक्षसँग युवा कार्यक्रमअन्तर्गत निःशुल्क कपाल काट्ने तालिम बिहीबारबाट इच्छाकामनामा सुरू भएको छ ।
२० जना सहभागी उक्त तालिमको उद्घाटन गर्दै गाउँपालिका प्रमुख दानबहादुर गुरूङले सीप सिकेपछि प्रयोगमा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा पालिकाका प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नं–४ का वडा अध्यक्ष रूद्र उप्रेती, वडा–५ का अध्यक्ष तेजबहादुर शेरचन, प्रशिक्षक सुलभ सिग्देललगायतले तालिमको मह¤व र आवश्यकताबारे बोलेका थिए । पपुलर युनिसेक्स सैलुनको प्राविधिक सहयोगमा तालिम आयोजना भएको हो ।