Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

पोर्चुगलले बन्द गर्‍यो सजिलै कार्ड दिने प्रक्रिया, हजारौं नेपाली प्रभावित

पोर्चुगलले बन्द गर्‍यो सजिलै कार्ड दिने प्रक्रिया, हजारौं नेपाली प्रभावित

images

इच्छाकामना न्युज

२३, जेठ २०८१
पोर्चुगलले बन्द गर्‍यो सजिलै कार्ड दिने प्रक्रिया, हजारौं नेपाली प्रभावित
images

काठमाडौं । युरोपेली मुलुक पोर्चुगलले आप्रवासन नीतिमा कडाइ गरेको छ । सोमबार नयाँ योजना घोषणा गर्दै पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आप्रवासन नीतिमा कडाइ गरेका हुन् ।

नयाँ योजनाअनुसार रोजगार सम्झौता भएपछि मात्रै विदेशी नागरिक पोर्चुगल जान पाउने छन् । यसअघि युरोपेली संघ बाहिरका मानिसहरूले पोर्चुगलमा एक वर्षसम्म ‘सामाजिक सुरक्षा’ कर तिरेपछि त्यहाँको आवास अनुमति प्राप्त गर्न निवेदन दिन पाउँथे । तर, त्यो अब बन्द हुने भएको छ ।

यो घोषणापछि हजारौं नेपाली प्रभावित हुने आकलन गरिएको छ । आप्रवासी सम्बन्धि नीतिमा कडाइ गर्ने नयाँ योजनाले पोर्चुगलको सपना बुनेका हजारौं नेपाली प्रभावित बन्ने भएका हुन् नयाँ व्यवस्थाले हालसालै पोर्चुगल पुगेर पनि आवास अनुमतिको प्रकिया सुरु गरिनसकेका नेपालीहरू पनि समस्यामा पर्नेछन् ।

पोर्चुगल सरकारले रेसिडेन्सी कार्डको लागि आवेदन दिने प्रक्रिया ‘एक्सप्रेशन अफ इन्ट्रेस्ट’ बन्द गरिसकेको छ । पोर्चुगल सपना देखेर नेपालदेखि माल्टा, रोमानिया, क्रोएशिया जस्ता देशहरूका भिसा प्रक्रिया थालेका हजारौं नेपाली पनि प्रभावित बन्ने भएका छन् । अब पर्यटक बनेर वा अवैधानिक रूपमा प्रवेश गरेर पोर्चुगलमा कार्ड बन्ने कुनै सम्भावना छैन ।

images
प्रकाशित मिति :जेठ २३, २०८१ बुधवार - ०८:२०:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology