Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मिडिया टाइकुन रुपर्ट मुर्डरोकले गरे ९३ वर्षमा पाँचौँ विवाह

मिडिया टाइकुन रुपर्ट मुर्डरोकले गरे ९३ वर्षमा पाँचौँ विवाह

images

एजेन्सी

२१, जेठ २०८१
मिडिया टाइकुन रुपर्ट मुर्डरोकले गरे ९३ वर्षमा पाँचौँ विवाह
images

मिडिया टाइकुन रुपर्ट मुर्डरोकले पाँचौँपटक विवाह गरेका छन् । उनले क्यालिफोर्नियामा आयोजित एक समारोहकाबीच विवाह गरेका हुन् । ९३ वर्षीय उनले गएको शनिबार नयाँ पत्नीका रूपमा ६७ वर्षीया एलिना झुकोभालाई भित्र्याएका छन् । झुकोभा अवकासप्राप्त रुसी बायोलोजिस्ट हुन् ।

उनको पूर्व प्रहरी आन लेस्ली स्मीथसँथ २०२३ अप्रिलमा सम्बन्धविच्छेदपछि झुकोभासँग डेटिङ थालेको यसअघि चर्चा भएको थियो । अष्ट्रेलियामा जन्मिएका मुर्डरोकका ६ छोराछोरी छन् । उनी फक्स न्युज, वाल स्ट्रिट जर्नल, द सन, द टाइम्सलगायत विश्वका चर्चित मिडियाका संस्थापक हुन् ।

झुकोभासँग उनको भेट पाँचमध्येकी एक पत्नी चीनमा जन्मेकी इन्टरप्रेनर वेन्दी देङले गरेको एक पार्टीमा भएको जनाइएको छ । उनका अन्य पत्नीमा अष्ट्रेलियाका फ्लाइट एटेन्डेन्ट प्याट्रिसिया बुकर, स्कटल्यान्डमा जन्मेकी पत्रकार अन्ना मन्न र अमेरिकी मोडल तथा नायिका जेरी हल हुन् । झुकोभाको यसअघि रुसी बिलिनियर अलेक्ज्यान्डर जुकोभसँग विवाह भएको थियो । 

images
प्रकाशित मिति :जेठ २१, २०८१ सोमवार - ११:५०:२३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology