गण्डकी । गोरखाको गण्डकी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।“स्थानिय स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता“ भन्ने मूल नाराका साथ १६ महिना देखि ५९ महिनासम्मका सवै बालबालिकाहरूले १५ महिनाको उमेर भित्र पूर्ण खोप पाएको सुनिश्चितताका साथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कुमार सुनारले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना (साकार)को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उपाध्यक्ष ललिता अधिकारी, वडाध्यक्षहरु लगायत जनप्रतिनिधिहरु जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका जनस्वास्थ्य निरीक्षक नानी बाबु दानी, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी, कर्मचारी विद्यार्थी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।