Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

तातो गर्मीमा निःशुल्क चिसो पानी खुवाउदै मुग्लिनका व्यवसायी नवराज सिलवाल

तातो गर्मीमा निःशुल्क चिसो पानी खुवाउदै मुग्लिनका व्यवसायी नवराज सिलवाल

images

इच्छाकामना न्युज

१७, जेठ २०८१
तातो गर्मीमा निःशुल्क चिसो पानी खुवाउदै मुग्लिनका व्यवसायी नवराज सिलवाल
images

मुग्लिन । दानीलाई कहिल्यै हानी हुदैन काकाकुलको बेलामा पानी खुलाउनु जतिको दानपुण्य अरु हुदै हुदैन भन्ने जस्ता भनाईहरु खुबै सुनिन्छ नेपाली समाजमा । पछिल्लो समय गर्मी अत्याधिक बढ्दै गएको छ । यस्तो तातो गर्मीले जनजीवन आक्रान्त बनिरहेको बेला चिसो पानी खान पाउनु धेरैको लागि राहत हो र यस्तो बेला चिसो पानी त्यो पनि निःशुल्क खुलाउनु निकै पुण्यको काम हो ।

यस्तै पुण्यको काम गरेका छन् चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित मुग्लिन बजार निवासी व्यवसायी एवं सामाजिक व्यक्तित्व नवराज सिलवालले । पेशाले उनी एग्रोभेट व्यवसायी हुन् । मुग्लिन बजारको बिचमै उनको कृषक एग्रोभेट पसल छ । पसलकै अघि छेउमै एउटा प्लाष्टिकको टुल माथि घैंटो राखिएको छ र त्यसमा खानेपानीको व्यवस्था गरिएको छ । त्यसैको छेउमा एउटा फ्लेक्स व्यानरको पछाडिको भागमा मार्करले लेखेर टाँगेका छन् ‘आउनुहोस् चिसो पानी पियर जानुहोला’ ।

442507536_373632971847910_8653766245482123070_n.jpg 

मौसम परिवर्तनसँगै तापक्रम बढेर जनजीवन आक्रान्त बनेपछि पसल अघि हिड्ने आगन्तुकलाई सहज होस् भनेर उनले निःशुल्क रुपमा चिसो पानी पिउने पानीको व्यवस्था गरेका छन् । ‘गर्मी बढेकोले कम्तीमा यताउता हिड्ने आगन्तुकले एक गिलास पानी खाएर तिर्खा मेटोस् भन्ने आशाले मैले पानीको व्यवस्था गरेको हु’ –उनले भने ‘वैशाख २८ गते अक्षय तृतीयाको दिनबाट मैले आगन्तुकको लागि चिसो पानीको व्यवस्था गरेको हु ।’

त्यसो त नवराज सिलवाल व्यवसायी मात्र नभै सामाजिक धार्मिक व्यक्तित्वको रुपमा परिचित छन् । शिवशक्ति भजनकृतन समूह मुग्लिनको सदस्य समेत रहेका सिलवाल गुप्तेश्वर महादेव मन्दिर समिति मुग्लिनको सचिव समेत हुन् । उनको यो कार्य प्रशंसनीय रहेको भन्दै पानी खान आउने आगन्तुकहरुले प्रशंसा गरेका छन् । 

images
प्रकाशित मिति :जेठ १७, २०८१ बिहिवार - ०५:३७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology