Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

देवघाटको भुवानीटारमा अवैध उद्खनन् गर्नेहरुले आफ्नो गल्ती लुकाउन फेक आइडीमार्फत कुप्रचार गर्‍यो : बिहानी मिडिया

देवघाटको भुवानीटारमा अवैध उद्खनन् गर्नेहरुले आफ्नो गल्ती लुकाउन फेक आइडीमार्फत कुप्रचार गर्‍यो : बिहानी मिडिया

images

इच्छाकामना न्युज

१३, जेठ २०८१
देवघाटको भुवानीटारमा अवैध उद्खनन् गर्नेहरुले आफ्नो गल्ती लुकाउन फेक आइडीमार्फत कुप्रचार गर्‍यो : बिहानी मिडिया
images

देवघाट । फेक आइडीबाट चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै देवघाटबाट सञ्चालित बिहानी मिडिया डटकमले दोषीमाथि कारवाही गर्न माग गरेको छ। देवघाटमा नदीजन्य पदार्थ उत्खननको विषयमा समाचारजन्य सामग्री प्रकाशन तथा प्रसारण गर्दा आफ्नो गल्ती छोप्न बिहानी मिडियामाथि प्रहार गरेको आइतबार बिहानी मिडियाका अध्यक्ष आशिक रानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

अध्यक्ष रानाका अनुसार यही जेठ १२ गते केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरूपयोग गरी भ्रम छरेका थिए। बिहानी मिडियाबाट देवघाट–५ को भुवनटारस्थित त्रिशूली नदीमा एकै दिन पाँच वटा एक्साभेटरको प्रयोग गरी अवैध उत्खनन् भइरहेको तस्बिर सार्वजनिक भएको थियो। जबकि नदीजन्य पदार्थ उत्खननको लागि पानीमै पसेर मेसिन प्रयोग गर्न पाइँदैन।  

‘नियमविपरीत काम गर्नेहरूले आफ्नो कमिकमजोरी लुकाउन फेसबुकमा फेक आइडी बनाएर हामीमाथि प्रहार गरेका हुन्,’ उनले भने, ‘देशको कानुन मिचेर अवैध उत्खनन् गर्नेहरूले आफ्ना कमजोरी लुकाउन सामाजिक सञ्जालको दुरूपयोग गरेका हुन्।’ 

समाचार प्रकाशन तथा प्रसारण गर्ने क्रममा कसैलाई चित्त नबुझे कानुनी प्रकृयामा जानसक्ने ठाउँ रहँदारहँदै फेसबुकमार्फत चरित्र हत्या गर्नु कानुनविपरीत भएको उनको भनाइ छ। ‘त्यसकारण यस्ता कार्यमा संलग्न जोकसैमाथि पनि तत्काल छानविन गरी कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग हामीले माग गरेका छौँ,’ अध्यक्ष रानाले भने, ‘किनकि सामाजिक सञ्जालको दुरूपयोग गरी समग्र पत्रकारिता क्षेत्रमाथि प्रहार गर्ने प्रयास भएको छ।’ 

देवघाट खबर हब नामको फेसबुक आइडीबाट बिहानी मिडियामाथि विभिन्न खालको लान्छना लगाएको थियो। समाजमा यस्ता नकारात्मक सोच भएका व्यक्तिको पछि नलाग्न पनि उनले आग्रह गरे। सामाजिक सञ्जालमार्फत कुनै पोष्ट सेयर गर्दा सत्यतथ्य बुझेरमात्रै गर्न पनि उनले सबैलाई आग्रह गरेका छन्।

442466859_820618433328783_244405076282778919_n.jpg

images
प्रकाशित मिति :जेठ १३, २०८१ आइतवार - १३:०७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology