Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

केपी ओलीको नेतृत्वमा देश चरम निरंकुशतातिर गएको डा. बाबुराम भट्टराई भनाई

केपी ओलीको नेतृत्वमा देश चरम निरंकुशतातिर गएको डा. बाबुराम भट्टराई भनाई

केशव गुरुङ

२१, आश्विन २०७७
केपी ओलीको नेतृत्वमा देश चरम निरंकुशतातिर गएको डा. बाबुराम भट्टराई भनाई
images

गोरखा, २१ असोज । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देश चरम निरंकुशतातिर गएको बताएका छन् ।

images
images

यो विपक्षीहरुले लगाएको आरोप मात्र नभई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी चलेको बहसले पुष्टि गर्ने उनले बताए । प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने, आपतकाल घोषणा गर्ने र देशलाई ज्ञानेन्द्र शाहको कदमतिर लैजाने कदम चालेका कारण अन्तरविरोधलाई टालटुल पार्ने काम भएको सूचना आफूले पाएको उनले बताए ।

बुधबार गृहजिल्ला गोरखा पुगेका नेता भट्टराईले पत्रकारसँग कुराकानी गर्दै भने, ‘यसरी देश कहिलेस्म्म चल्न सक्छ ?’ अहिले पनि लोकतन्त्र सुरक्षित नभएको र देश निरंकुशतावादीको बन्धक बनेको उनको दाबी छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ठोस काम गर्न नसकेको तर विना योजनाको लकडाउनले अर्थतन्त्र चौपट भएको भट्टराईले बताए । ‘उद्योगधन्दा, व्यवसाय सबै चौपट छन्, श्रमिकहरु रोएर बसेका छन्, तर सरकारले समस्या समाधानका लागी ठोस निति योजना ल्याउन सकेको छैन,’ उनले भने ।

जिल्लाको विकास निर्माणको सन्दर्भलाई जोड्दै नेता भट्टराईले पछिल्लो समय गोरखाको विकास सुस्ताएको बताए । आफू अर्थमन्त्री हुदाँ ट्र्याक खोलिएका सडकहरु हालसम्म पनि कालोपत्रे हुन नसकेको भन्दै भट्टराईले चिन्ता व्यक्त गरे ।

‘म अर्थमन्त्री हुुँदा गोरखाको पूर्वाधार विकासमा सडक नै पहिलो हो भनेर पूर्व पश्चिम जोड्ने कोरिडोर विकास गर्ने योजनासहित ट्र्याक खोल्न शुरु गरे,’ उनले भने, ‘तर अहिलेसम्म ती सडकहरु पिच भएका छैनन् ।’

राजनीतिक नेतृत्व, प्रशासन र ठेकेदारको मिलेमतोका कारण पूर्वाधार क्षेत्रमा काम हुन नसकेको उनले बताए । बाह्र किलो भालुस्वाँरा बारपाक सडक कालोपत्रे कामको उदाहरण दिदै उनले भने, ‘यसअघि नै कालोपत्रे भइसक्नुपर्ने उक्त सडकखण्डमा अझै काम सकिएको छैन, कालोपत्रे भएको ठाउँमा पनि अक्षता छरेजस्तो अलिकति गिटी र अलिकति अलकत्रा छरेर झारा टारेको छ ।’

अनुगमन गर्ने र ताकेता लगाउने काम सम्बन्धित कार्यालय प्रमुखको भएपनि वेवास्ता गरिएको उनले बताए । जिल्लाको विकास निर्माणका काम जिम्मा लिएका ठेकेदारसँग पनि भट्टराईले अन्तरक्रिया गरेका छन् । काम ठग्ने र लापरवाही गर्ने केही ठेकेदार भने उपस्थित नभएको भट्टराईले बताए ।

images
प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - १८:२३:२० बजे

केशव गुरुङ

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology