Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पालिकाभित्रका जोखिमयुक्त भौतिक संरचना भत्काउन शहिदलखनको आग्रह

पालिकाभित्रका जोखिमयुक्त भौतिक संरचना भत्काउन शहिदलखनको आग्रह

पत्रपत्रिका

११, जेठ २०८१
पालिकाभित्रका जोखिमयुक्त भौतिक संरचना भत्काउन शहिदलखनको आग्रह
images

घैरुङ । गोरखा भूकम्प र प्राकृतिक प्रकोपका कारण क्षति पुगेका पालिकाभित्रका जोखिमयुक्त भौतिक संरचना भत्काउन शहिद लखन गाउँपालिकाले आग्रह गरेको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले एक महिनाभित्र उक्त संरचना भत्काएर जोखिम न्यूनिकरणमा सहयोग गरिदिन सम्बन्धित घरधनीहरुलाई आग्रह गरेको हो ।

images
images

उक्त जोखिम संरचनाहरु सम्बन्धित घरधनीले नै भत्काउनुपर्ने गत बैशाख २६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले निर्णय समेत गरिसकेको सूचनामा उल्लेख छ । ‘२०७२ सालको बिनाशकारी भूकम्प र बिभिन्न समयको प्राकृतिक प्रकोपका कारण भौतिक संरचनामा क्षति पुगि जोखिमयुक्त भएका संरचना भत्काउ तथा नयाँ संरचना निर्माणका लागि नेपाल सरकार तथा अन्य निकायहरुबाट अनुदान प्राप्त गरेका घरधनीहरुले हालसम्म पनि उक्त जोखिमयुक्त संरचनाहरु भत्काउन बाँकी रहेमा सम्बन्धित घरधनीहरुले एक महिनाभित्र भत्काई जोखिम न्यूनिकरणमा सहजीकरण गरिदिनुहुन जानकारी गरिन्छ,’ पालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

पालिकाले बर्षातको सुरुवातको पूर्व सन्ध्यामा आउन सक्ने हावाहुरी, बाढी तथा पहिरोबाट बच्न बिशेष सतर्कता अपनाउन आग्रह गरेको छ । सार्वजनिक सूचना जारी गर्दै पालिकाले प्राकृतिक प्रकोपका सम्भावित जोखिमबाट बच्न सुरक्षाका उपायहरु अवलम्वन गर्न पनि आग्रह गरेको छ ।

‘बर्षातको पूर्व सन्ध्यामा आउन सक्ने हावाहुरी, मनसुन जस्ता कारणले भौतिक संरचनामा हुने क्षति, खोलानाला, खहरे र नदीनालामा बाढी रउच्च पहिरोको जोखिमको सम्भावना रहन्छ,’ सूचनामा भनिएको छ, ‘यस्ता प्रकृतिका सम्भावित जोखिमहरुलाई ध्यान दिई सम्पूर्ण गाउँपालिकावासीहरु चनाखो रहनुहुन र सुरक्षाका उपायहरु अवलम्वन गर्नुहुन अनुरोध छ ।’ यस्ता समस्या आएमा सम्बन्धित वडा कार्यालय, प्रहरी चौकी तथा गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न समेत पालिकाले आग्रह गरेको छ । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :जेठ ११, २०८१ शुक्रवार - ०८:४४:०२ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology