Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ कवि गौरी देवकोटा र ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ हास्यकलाकार शिवहरि बैरागीलाई प्रदान गरिने

‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ कवि गौरी देवकोटा र ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ हास्यकलाकार शिवहरि बैरागीलाई प्रदान गरिने

images
‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ कवि गौरी देवकोटा र ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ हास्यकलाकार शिवहरि बैरागीलाई प्रदान गरिने
images

आँबुखैरेनी । आँबुखैरेनी स्रष्टा समाजको आज शनिबार बसेको बैठकले २०८० सालको साहित्यतर्फको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ कवि गौरी देवकोटा र हास्यव्यङ्ग्य विधातर्फको ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ हास्यकलाकार शिवहरि बैरागीलाई प्रदान गरिने निर्णय गरेको छ । दुवै विधातर्फको पुरस्कारको लागि गठन गरिएको छनौट समितिको सिफारिसमा बैठकले आज उक्त निर्णय गरेको हो । 

यसैगरी ‘कृष्णदासरचेतकुमारी स्मृति पुरस्कार’ आँबुखैरेनीका समाजसेवी डोल बहादुर थापा र ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ आँबुखैरेनी क्याम्पसमा सर्वोत्कृष्ट अङ्क ल्याई उत्र्तीण हुन सफल भएका व्यवस्थापन सङ्कायका युष्मा थापा र मेलिना भट्ट र शिक्षाशास्त्र संकायका ओममाया मगर र उषा थापालाई प्रदान गर्ने निर्णय गरिएको छ । 

बैठकले प्रगतिवादी–माक्र्सवादी समालोचक, बुद्धिजीवी प्राडा ताराकान्त पाण्ड्येको २०८० पौष २७ गते दाङको भालुवाङमा बस दुर्घटनाबाट असायिक निधन भई नेपाली साहित्यले भोग्नु परेको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

images
प्रकाशित मिति :जेठ ६, २०८१ आइतवार - ०८:५३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology