आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको लायन्स क्लव अफ आँबुखैरेनी सिटिको अध्यक्षमा लायन सबिता भट्टराई निर्वाचित भएका छन् । क्लवको शुक्रबार सम्पन्न ८ औं वार्षिक जनरल क्याबिनेट बैठकले लायन वर्ष २०२४।०२५ को अध्यक्षमा भट्टराईलाई निर्वाचित गरेको हो ।
क्लवको अन्य पदाधिकारी मध्य प्रथम उपाध्यक्षमा लायन निरज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लायन गोविन्द प्रसाद खनाल, तृतीय उपाध्यक्षमा लायन गणेश श्रेष्ठ, सचिवमा लायन प्रताप बाबु थापा, कोषाध्यक्षमा लायन राजन ढकाल, सह–सचिवमा लायन अपेक्षा श्रेष्ठ चुमान, सह–कोषाध्यक्षमा लायन अस्मिता अधिकारी लगायतलाई निर्वाचित गरेको छ ।