Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

विप्लव समूहलाई मूलधारको राजनितिमा ल्याउन सरकारले प्रयास थाल्यो

विप्लव समूहलाई मूलधारको राजनितिमा ल्याउन सरकारले प्रयास थाल्यो

इच्छाकामना न्युज

२४, माघ २०७७
विप्लव समूहलाई मूलधारको राजनितिमा ल्याउन सरकारले प्रयास थाल्यो

काठमाडौं, २४ माघ । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास सुरु गरेको छ । उनीहरुलाई मूलधारको राजनीतिमा ल्याएर शान्तिपूर्ण वातावरणमा अवतरण गराउने उद्देश्यसहित पछिल्ला प्रयासहरु भइरहेका खानेपानीमन्त्री मणि थापाले बताउनुभयो ।

images

केही दिनअघि आफूले नख्खु कारागारमा विप्लव समूहका नेता हेमन्त प्रकाश ओलीसँग कुराकानी भएको भन्दै उहाँले मूलधारमा आएर प्रतिस्पर्धात्मक राजनीति गर्नुको विकल्प नै नरहेको बताउनुभयो । अबको चुनावमा सबै राजनीतिक दलहरुलाई सहभागी गराउने उदेश्य अनुरुप विप्लव समूहका नेताहरुसँग कुराकानी भइरहेको मन्त्री थापाले उज्यालोलाई जानकारी दिनुभयो । नख्खु जेलमा भएको भेटमा नेता ओलीले मूलधारमा आउने ढोका खोलिदिन सरकारसँग आग्रह गर्नुभएको मन्त्री थापाको भनाइ छ । मूलधारमा ल्याउने वातावरण बनाएर सरकारले अभिभावकत्व ग्रहण गर्न खोजेको भन्दै उहाँले भूमिगत शक्तिहरुलाई मूलधारमा ल्याउन खोजिएको बताउनुभयो ।

सरकारले गएको २०७५ सालको फागुन १५ गते विप्लव समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - ११:२६:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology