Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन-नारायणगढ सडकखण्डको चौधकिलोमा म्याजिक दुर्घटना हुदाँ इच्छाकामनाका १४ सहित १७ जना घाईते (नामावली सहित)

मुग्लिन-नारायणगढ सडकखण्डको चौधकिलोमा म्याजिक दुर्घटना हुदाँ इच्छाकामनाका १४ सहित १७ जना घाईते (नामावली सहित)

इच्छाकामना न्युज

६, बैशाख २०८१
मुग्लिन-नारायणगढ सडकखण्डको चौधकिलोमा म्याजिक दुर्घटना हुदाँ इच्छाकामनाका १४ सहित १७ जना घाईते (नामावली सहित)
images

भरतपुर । मुग्लिन–नारायणगढ सडकमा सवारी दुर्घटना हुँदा इच्छाकामना गाउँपालिकाका १४ जना सहित  १७ जना घाइते भएका छन् ।

images
images

भरतपुर महानगरपालिका वडा नं.२९ स्थित चौधकिलो भन्ने स्थानमा बिहीबार बिहान करिब पौने १० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना १ ज ४९५७ नम्बरको म्याजिक भ्यान विपरित दिशाबाट आइरहेको प्रदेश २–०३–००१ ख ०७०६ नम्बरको ट्रकसँग ठोक्किँदा म्याजिक भ्यानमा सवार यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार १७ जनामध्ये ११ जनाको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा र ६ जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा परी इच्छाकामना गाउँपालिका वडा नं.३ बस्ने वर्ष २२ का अमिन सुनार (मध्यम), वर्ष ३३ की तारा गुरूङ (गम्भीर), वर्ष ३ की अंशु गुरूङ (मध्यम), वर्ष १० का विक्रम गुरूङ (मध्यम), वडा नं.२ बस्ने वर्ष १७ कि अस्मिता चेपाङ (मध्यम), वर्ष १६ का सोमबहादुर चेपाङ (सामान्य), इच्छाकामना गाउँपालिका वडा नं.४ बस्ने वर्ष ४८ की माया राना (गम्भीर), वर्ष ३७ का भरत आले, वर्ष ४० की लालमाया आले, वर्ष ३८ की लीला गुरूङ (मध्यम) र वडा नं.७ बस्ने वर्ष १० की मिक्की गुरूङ (मध्यम)को चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै गरी तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३८ का शम्शेरबहादुर थापा (सामान्य), उनका छोरा वर्ष ६ का संगम थापा (सामान्य), सोही वडा बस्ने वर्ष ३५ की गुनमाया आले (सामान्य), चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं.४ बस्ने वर्ष २४ का विवके चेपाङ (सामान्य), सोही वडा बस्ने वर्ष २९ का यमबहादुर चेपाङ (सामान्य) र म्याजिक भ्यानका चालक इच्छाकामना गाउँपालिका वडा नं.२ बस्ने वर्ष ४० का कुमार गुरूङ (सामान्य)को पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार म्याजिक भ्यानको टायर पङ्चर भएर ट्रकसँग ठोक्किन पुगेको हो । ट्रक चालक मकवानपुर जिल्ला वकैया गाउँपालिका वडा नं.३ बस्ने वर्ष २४ का सन्तवीर बम्जन प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ६, २०८१ बिहिवार - १९:०३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology