मुग्लिन । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ कालीखोलामा मिनी ट्रक दुर्घटना भएको छ । रुकुमबाट काठमाण्डौ तर्फ आउदै गरेको रा १ ख २४०२ नम्बरको खसी बोकेको मिनि ट्रक आज विहान अन्दाजी ५ बजेतिर दुर्घटना भएको हो ।
उक्त सडक खण्डको कालीखोलामा पुल निर्माणको लागि थुपारीएको ढुङ्गामा ठोक्किएर ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्रकमा ४ जना सवार रहेको र उनीहरुको अवस्था सामान्य रहेको साथै दुर्घटनामा परि केही खसी मरेको प्रहरीले जानकारी दिएको छ ।