Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रथम अन्तर पालिकास्तरीय पुरुष भलिबलको उपाधी शहिद लखनले जित्यो, महिला तर्फ पनि उपविजेता

प्रथम अन्तर पालिकास्तरीय पुरुष भलिबलको उपाधी शहिद लखनले जित्यो, महिला तर्फ पनि उपविजेता

इच्छाकामना न्युज

१, बैशाख २०८१
प्रथम अन्तर पालिकास्तरीय पुरुष भलिबलको उपाधी शहिद लखनले जित्यो, महिला तर्फ पनि उपविजेता
images

गोरखा । गोरखामा सम्पन्न प्रथम अन्तर पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फको उपाधि सहिद लखन गाउँपालिकाले उचालेको छ । पुरुष भलिबल प्रतियोगिता अन्तरगत शुक्रबार भएको फाइन खेलमा भिमसेन थापा गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै शहिद लखनले उपाधि हात पारेको हो ।

images
images

उपाधिसँगै ७० हजार रुपौयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपाधिका लागि गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा सहिद लखन र भिमसेन थापा बीच खेल भएको थियो । पराजित बनेसँगै भिसेन थापाले दोस्रो स्थान हात पारेको छ । प्रतियोगितामा अजिरकोट तेस्रो बनेको छ भने बारपाक सुलिकोटले सान्त्वना स्थान हाँसिल गरेको छ । दोस्रो, तेस्रो र सान्त्वनाले क्रमश ४० हजार २५ हजार र १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
सान्त्वनालाई भने मेडलको व्यवस्था गरिएको छैन ।

त्यस्तै महिलातर्फ बारपाक सुलिकोट गाउँपालिकाले उपाधि जितेर बिजयी बनेको छ । बारपाक सुलिकोटसँग पराजित बन्दै सहिद लखन दोस्रो बनेको जिल्ला भलिबल संघ गोरखाका अध्यक्ष कृष्ण गुरुङले बताए । सो प्रतियोगितामा भिमसेन थापा तेस्रो बनेको छ । यसैगरी महिलातर्फ पालुङटार नगरपालिका सान्तवना बनेका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमश ७० हजार, ४० हजार, २५ हजार र १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा पुरुषतर्फ सहिद लखनका क्याप्टेन होम बहादुर मगर सर्वोकृष्ट खेलाडी बनेका छन् । उनले नगद ५ हजार पुरस्कार समेत प्राप्त गरेका छन् । उत्कृष्ट ब्लकर भिमसेन थापाका आशिष श्रेष्ठ, उत्कृष्ट स्पाईकर सहिद लखनका प्रदिप श्रेष्ठ, उत्कृष्ट सेटर पनि सहिदकै केशव बहादुर परियार र सहिदकै करुण गुरुङ उत्कृष्ट डिफेन्डर बनेका छन् । यसैगरी उत्कृष्ट सर्भर अजिरकोटका पवन खनाल र उत्कृष्ट प्रशिक्षक सहिदका अर्जुन श्रेष्ठ बनेका छन् । उत्कृष्ट सबैले जनही रु २/२ हजार प्राप्त गरेको जिल्ला भलिबल संघले जनाएको छ ।

महिला तर्फ बारपाक सुलिकोटका संगिता बराम सर्वोकृष्ट खेलाडी बनेकी छिन् । बारपाककै विमला गुरुङ उत्कृष्ट स्पाईकर, सर्मिला गुरुङ उत्कृष्ट सेटर, पुजा गुरुङ उत्कृष्ट डिफेन्डर बनेका छन् । सहिद लखनका स्मृति सुनार उत्कृष्ट ब्लकर र भिमसेनका मातृका बराम उत्कृष्ट सर्भर बनेकी छिन् । यस्तै महिला तर्फ बारपाक सुलिकोटका प्रशिक्षक विज्ञान कुमाल उत्कृष्ट प्रशिक्षक बनेका छन् ।

चैत २७ गतेबाट सुरु भई चार दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ उत्तरी गोरखाको चुमनुब्री बाहेक अन्य १० पालिकाबाट १० वटा टिमको सहभागिता रहेको संघले जनाएको छ । यसैगरी महिला तर्फको प्रतियोगितामा चुमनुब्री गाउँपालिका, सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिका बाहेक अन्य ८ पालिकाले सहभागिता जनाएका थिए ।

images
प्रकाशित मिति :बैशाख १, २०८१ शनिवार - २२:२२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology