देवघाट । देवघाट गाउँपालिकाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ताको लागि दुई करोड तीन लाख ५१ हजार ७५० रूपैयाँ भुक्तानी दिएको छ। गाउँपालिकाभित्रका एक हजार ९३९ जनाको सामाजिक सुरक्षा भत्ताको लागि उक्त रकम EFT मार्फत लाभग्राहीको खातामा सिधै प्रदान गरिएको गाउँपालिकाका लेखा अधिृकत शरद न्यौपानेले जानकारी दिनुभएको छ।
यसअघि गाउँपालिकाले दोस्रो त्रैमासिकमा दुई करोड तीन लाख आठ हजार ४५३ रूपैयाँ भुक्तानी दिएको थियो। यस्तै पहिलो त्रैमासिकमा एक करोड ९९ लाख ६४ हजार ६१६ रूपैयाँ भुक्तानी दिएको थियो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक सकिँदै गर्दा अघिल्लो दुई वटा त्रैमासिकमा भन्दा तेस्रो त्रैमासिकमा बढी नागरिकले सेवा लिएको देखिएको छ।