Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेपाललाई कोभिड– १९ विरुद्धको पाँच लाख डोज खोप दिने चीनको घोषणा

नेपाललाई कोभिड– १९ विरुद्धको पाँच लाख डोज खोप दिने चीनको घोषणा

इच्छाकामना न्युज

२४, माघ २०७७
नेपाललाई कोभिड– १९ विरुद्धको पाँच लाख डोज खोप दिने चीनको घोषणा

काठमाण्डौ, २४ माघ । चीनले नेपाललाई कोभिड– १९ विरुद्धको पाँच लाख डोज खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भएको टेलिफोन संवादमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले अनुदानमा पाँच लाख डोज खोप दिने घोषणा गर्नुभएको हो । 
गत आइतबार चिनियाँ राजदूतावासले नेपाललाई तीन लाख डोज खोप दिने निर्णय भएको जानकारीसहित विज्ञप्ति निकालेको थियो तर परराष्ट्रमन्त्री स्तरीय टेलिफोन संवादमा चीनले दुई लाख डोज थप दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको हो । दुई देशका परराष्ट्रमन्त्री बीचको टेलिफोन संवादमा आपसी हितमा आधारित विषयहरूमा छलफल भएको पनि परराष्ट्रले जनाएको छ । 
छिमेकी भारतले यसअघि नै १० लाख डोज कोभिड खोप उपलब्ध गराइसकेको छ । चीनले नेपाललाई उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । 

images

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - ०९:५५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology