Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

बुटारमा निर्माणधिन सुपर त्रिशुली हाइड्रोपावरको इआईए बदरको माग गर्दै ५९ जना स्थानीयद्वारा सर्वोच्चमा रिट दायर

बुटारमा निर्माणधिन सुपर त्रिशुली हाइड्रोपावरको इआईए बदरको माग गर्दै ५९ जना स्थानीयद्वारा सर्वोच्चमा रिट दायर

images

इच्छाकामना न्युज

१६, चैत्र २०८०
बुटारमा निर्माणधिन सुपर त्रिशुली हाइड्रोपावरको इआईए बदरको माग गर्दै ५९ जना स्थानीयद्वारा सर्वोच्चमा रिट दायर
images

बुटार । त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर आयोजना ब्लु इनर्जी प्रालिको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) बदरको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । आयोजनाले उत्पादन गर्ने भनिएको एक सय मेगावाट बिजुली उत्पादन रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठसहित स्थानीय ५९ जनाले बुधबार दायर गर्नुभएको रिटमा बिजुली उत्पादन गर्नेगरी २०७४ साल साउन ३ गते पारित भएको ईआईए बदर गर्न माग गरिएको छ ।

रिटमा नुवाकोटको देवीघाटबाट चितवनको देवघाटसम्मको त्रिशूली नदीको क्षेत्र र नारायणी नदीको देवघाटबाट त्रिवेणी, नवलपरासी बर्दघाट सुस्तापूर्वसम्मको नदी क्षेत्रलाई सम्पदा नदी घोषणा गर्न माग गरिएको छ ।

यस्तै नदीको अस्तित्व र प्राकृतिक महत्त्व जोगाउनुपर्ने रिटमा उल्लेख छ । दायर गरिएको रिटमा आयोजनाले बिजुली उत्पादनको कुनै पनि काम शुरु नगरेको तथा जग्गा अधिकरण गर्ने, क्षतिपूर्ति दिने, क्षतिको पहिचान र व्यवस्थापन गर्ने, मुर्दाघाट सार्ने, र्‍याफ्टिङ व्यवसायको समस्या सम्बोधनलगायत विषयमा ध्यान नदिएको उल्लेख छ ।

 

images
प्रकाशित मिति :चैत्र १६, २०८० शुक्रवार - ०८:१२:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology