Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

होली र रमजानको शुभकामना दिँदै मनाइयो मधेशी एकता समाजको इफ्तार कार्यक्रम

होली र रमजानको शुभकामना दिँदै मनाइयो मधेशी एकता समाजको इफ्तार कार्यक्रम

images

इच्छाकामना न्युज

१३, चैत्र २०८०
होली र रमजानको शुभकामना दिँदै मनाइयो मधेशी एकता समाजको इफ्तार कार्यक्रम
images

युएई । विदेशमा बस्ने नेपालका मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले युइईको दुबईमा मार्च २४ तारिख अर्थात् चैत्र ११ गते इफ्तार पार्टीको आयोजना गर्यो ।

पवित्र रामजान महिनाको अवसरमा युएईमा बस्ने मधेशका मुस्लिम समुदायको सम्मानमा एकता समाजले इफ्तार कार्यक्रमको आयोजना गरेको थियो । 

रमजान महिनामा दिनभरि रोजा अर्थात् अन्न र पानी ग्रहण नगरी व्रत बसेपछि मुस्लिम समुदायले हरेक साँझ विशेष खानपिन गर्ने गर्दछन् जसलाई इफ्तार भनिन्छ ।

खराब मौसमको बाबजुद इफ्तार कार्यक्रममा हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुको उल्लेखनीय सहभागिता थियो । त्यस अवसरमा भारत र पाकिस्तानका मुस्लिमहरु पनि सहभागी थिए ।

इफ्तार कार्यक्रममा हिन्दु र मुस्लिम सहभागीहरुले मुस्लिम समुदायको जालीदार टोपी आआफ्नो टाउकोमा लगाएका थिए ।

त्यस अवसरमा उनीहरुले ह्यापी होली र रमजान मुबारक भन्दै एकअर्कालाई होली र रमजानको शुभकामना दिएका थिए । 

इफ्तारका सहभागीहरुले यस्तो कार्यक्रमको आयोजनाले हिन्दु र मुस्लिम समुदायबीच मिलीजुली बस्ने सद्भाव र भाइचाराको सन्देश दिने बताए ।

कार्यक्रमपछि आफ्नो धारणा राख्दै एक जना सहभागी फैजानले इफ्तार आयोजनाको प्रशंसा गर्दै आयोजक मधेशी एकता समाजलाई धन्यवाद दिनुभयो ।

यस्तै, एकता समाजका उपाध्यक्ष शैलेन्द्र कुमार यादवले सबै जाति, भाषा र धर्मभन्दा माथि उठेर समाजले मधेशका सबै जात, धर्म र भाषालाई जोडेर अगाडि बढ्न खोजेको बताउनुभयो ।

यस्तै अर्का सहभागी फैजलले इफ्तार आयोजनका लागि धन्यवाद दिँदै यस वर्षको होलीको उपलक्ष्यमा शुभकामना दिनुभयो ।

समाजका वरिष्ठ सल्लाहकार सुरेश कुमार यादवले एकता समाजले आयोजना गर्ने होली र रमजानसम्बन्धी कार्यक्रमले मधेशका सबै जाति, धर्म र भाषाका मानिसलाई जोड्ने काम गरेको धारणा राख्नुभयो ।

त्यसैगरी समाजका निवर्तमान अध्यक्ष कृष्ण ठाकुरले मधेशी एकता समाजका लागि सबभन्दा ठूलो धर्म मानव धर्म भएको बताउनुभयो ।

कार्यक्रममा समापन मन्तव्य राख्दै समाजका संस्थापक डा. रविन्द्र कुमार यादवले विभिन्न जाति, धर्म र भाषाको विविधता भएको मधेशमा कहिलेकाही कटुता उत्पन्न हुने गरेको र ती कटुता र टकरावलाई सद्भाव र अपनत्वमा बदल्न एकता समाजले होली र इफ्तारजस्ता कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो ।

युएईको गोल्डेन भिजा प्राप्त गर्ने पहिलो नेपाली समेत रहनुभएका डा. यादवले सन् २०१५ देखि नै एकता समाजले दुबईमा रमजानको अवसरमा प्रत्येक वर्ष इफ्तार कार्यक्रम आयोजना गर्न थालेको जानकारी दिनुभयो ।

इफ्तार कार्यक्रम सकिएपछि सहभागीहरुले रंग अबिर दलेर यस वर्षको होली पर्व मनाएका थिए । नेपालको काठमाडौँ उपत्यका र पहाडी क्षेत्रमा हिजो अर्थात् चैत्र ११ गते होली मनाइयो भने पुरै तराईमधेशमा आज रंगोत्सव मनाइँदैछ । 

images
प्रकाशित मिति :चैत्र १३, २०८० मंगलवार - ०८:१८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology