Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

जनताले चुनाव मार्फत स्थायित्व खोजेको प्रधानमन्त्री ओलीको दावी 

जनताले चुनाव मार्फत स्थायित्व खोजेको प्रधानमन्त्री ओलीको दावी 

इच्छाकामना न्युज

२३, माघ २०७७
जनताले चुनाव मार्फत स्थायित्व खोजेको प्रधानमन्त्री ओलीको दावी 

काठमाण्डौ, २३ माघ । नेकपाको ओली समूहका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनावमार्फत देशको स्थायित्व चाहेको दावी गर्नुभएको छ । नेकपा बागमति प्रदेशले आज काठमाडौँको दरवारमार्गमा आयोजना गरेको आमसभामा ओलीले आजको उपस्थितिले मूल पार्टी आफूहरू सहभागी पार्टी हो भन्ने प्रमाणित भएको टिप्पणी गर्नुभयो । 
नेकपाको प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालत, निर्वाचन अयाोगलाई धम्की दिँदै हिँडेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक संस्थालाई स्वतन्त्रतापूर्वक, विवेकसम्मत निर्णय गर्न दिनुपर्नेमा जोड दिनुभयो । अब नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने भन्दै उहाँले देश अव अशान्तिको भूमरीमा जान नसक्ने धारणा राख्दै कसैले पनि नरभक्षी आन्दोलन चलाउँछु भनेर सोच्न नसक्ने बताउनुभयो । हिजो प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालका समयमा ट्याक्सी जलाइएको, पसलहरूमा तोडफोड गरिएको घटनाको निन्दा गर्दै प्रधानमन्त्री ओलीले बीमा कम्पनीमार्फत रकम नबेहोरिएमा सरकारले पीडितहरूलार्य क्षतिपूर्ति दिने बताउनुभयो । कोभिड १९ पनि नियन्त्रणमा आइसकेकाले केही समयपछि मुलुकबाटै कोभिड १९ समाप्त हुने उहाँको भनाइ छ । 
सामाजिक सुरक्षा भत्तामा बृद्धि गर्ने र काम गरेबापत सबैका लागि पेन्सनको व्यवस्था मिलाउने काम सरकारले गरिरहेको उहाँको भनाइ थियो । नेपाली जनता सचेत भइसकेकाले लोकतन्त्र कसैले भाँड्न नसक्ने उहाँले बताउनुभयो । काम गर्न नदिने अनि सरकारले काम गरेन भन्ने भ्रम फैलाउनेहरु विरुद्ध जनताको ताजा जनादेश लिन निर्वाचनमा जाने निर्ण भएको उहाँको भनाइ थियो । संघीय लोकतान्त्रिक गणतन्त्र लडेर ल्याएको उपलब्धी भएकाले यसलाई खतरामा पर्न नदिइने प्रतिवद्धता व्यक्त गर्दै ओलीले कसैकसैले ओलीले राजतन्त्र फर्काउन खोजिरहेको छ भनेर जनतामा भ्रम फैलाउने काम गरिरहेका छन्      भन्नुभयो । आजको भेला काष्टिङमात्र भएको र फागुन १ गते बुटवलमा, ८ गते विराटनगरमा आमसभा गरिने जानकारी गराउनुभयो । 
कार्यक्रममा नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जस्तोसुकै प्रतिकुलता आए पनि मुलुकको रक्षाका लागि डटेर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुलुकको अराजकता अस्थिरता समाप्त गर्ने अभियानमा आफूहरु रहेका बेला केही तत्वहरुले विभिन्न बहानामा अवरोध गरेपनि आफूहरु देश र जनताका लागि अगाडि बढेको पोखरेलले बताउनुभयो । जनताको बीचमा गएर सबै गलत शक्तिलाई परास्त गरी मुलुकको सार्वभौम, गणतन्त्र, लोकतन्त्र, स्वाधिनता तथा राष्ट्रिय एकतालाई कायम गरिछाड्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । 
नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा असाधारण परिस्थिति सिर्जना हुनुको पछाडि राजनीतिक सत्ता, नेतृत्व र प्रश्नसित जोडिएको धारणा राख्नुभयो । पार्टीको अध्यक्षलाई, प्रधानमन्त्रीलाई केही तत्वले अपदस्थ गर्न खोज्दा परिस्थिति सिर्जना भएको बताउनुहुँदै उहाँले राष्ट्रपतिलाई विस्थापन गर्न खोज्ने षडयन्त्रका कारण यो अवस्था सिर्जना भएको चर्चा गर्नुभयो । 

images

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १८:५८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology