Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेकपाको ओली समूहले आज काठमाण्डौमा बृहत् सभा आयोजना गर्दै

नेकपाको ओली समूहले आज काठमाण्डौमा बृहत् सभा आयोजना गर्दै

images

सिआईएन

२३, माघ २०७७
नेकपाको ओली समूहले आज काठमाण्डौमा बृहत् सभा आयोजना गर्दै
images

काठमाण्डौ, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहले आज बृहत् सभाको आयोजना गरेको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।
नेकपा ओली समूहका वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलका अनुसार सभामा काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउनेछन् । सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । 
मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने छन् । सभा हुनुभन्दा अगाडि काठमाडौं उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ । सभामा दुई लाख भन्दा धेरै सहभागि हुने बताईएको छ । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको कमिटीका अध्यक्ष पोखरेलले सीआईएनसगँ बताउनुभयो ।
सभा सम्पन्न गर्न जिल्ला, पालिका र वडास्तरीय परिचालन कमिटी गठन गरिएको छ । सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १०:१८:५५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology