Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

कुवेतमा गाडीले ठक्कर दिंदा तीन नेपालीको मृत्यु, उनीहरु कुन जिल्लाका हुन् ?

कुवेतमा गाडीले ठक्कर दिंदा तीन नेपालीको मृत्यु, उनीहरु कुन जिल्लाका हुन् ?

images

इच्छाकामना न्युज

१, चैत्र २०८०
कुवेतमा गाडीले ठक्कर दिंदा तीन नेपालीको मृत्यु, उनीहरु कुन जिल्लाका हुन्  ?
images

काठमाण्डौँ । वैदेशिक रोजगारीको लागि कुवेत पुगेको तीन नेपालीको सडक दुर्घटनामा परी ज्यान गएको छ । १२ मार्च २०२३ मा उनीहरूको सडक दुर्घटनामा परी ज्यान गएको हो ।

मृत्यु हुनेमा सानोभर्‍याङ्ग, नागार्जुन–२ काठमाडौंका सुजन कार्की, लयती पन्चदेवल विनायक–५ आछामका सुरतबहादुर कडायत र वेंगादवार–३ धनुषाका धिरज गुर्मछान मगर छन् । साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो काट्दै गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटना महाबुल्ला एरियाको सिसाईड रोडमा भएको थियो ।

मृतकहरु कुवेतको पापाजोन कम्पनीमा काम गर्दै आएका थिए । घटनापछि गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया हस्पिटल राखिएको छ ।

 नेपाली राजदूतावास अनुसार दुर्घटनाको सूचना पाए लगतै परिवार तथा कम्पनसँग सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागि पहल गर्नुको साथै आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी गरेको छ ।

images
प्रकाशित मिति :चैत्र १, २०८० बिहिवार - ०८:१९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology