Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

‘प्रचण्ड-माधव पक्षको आमहडताल पूर्णरुपमा सफल’ नेकपा प्रचण्ड–माधव समूह

‘प्रचण्ड-माधव पक्षको आमहडताल पूर्णरुपमा सफल’ नेकपा प्रचण्ड–माधव समूह

images

इच्छाकामना न्युज

२२, माघ २०७७
‘प्रचण्ड-माधव पक्षको आमहडताल पूर्णरुपमा सफल’ नेकपा प्रचण्ड–माधव समूह
images

काठमाण्डौ, २२ माघ । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले आज गरेको देशव्यापी आमहडताल पूर्णरुपमा सफल भएको बताएको छ । केन्द्रीय संघर्ष समितिले विज्ञप्ति जारी गर्दै सफल भएको बताएको हो ।

समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै व्यापक जनसर्मथनका साथ हडताल सफल भएको बातएका छन् । आजको समर्थनबाट आफूहरु उत्साहित भएको पनि उनले उल्लेख गरेका छन् ।

हडतालका क्रममा देशभरबाट पक्राउमा परेका नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर्न पनि श्रेष्ठले माग गरेका छन् । उनले शान्तिपूर्ण हडतालमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले घुसपैठको प्रयास गरेपनि विफल पारिएको उल्लेख गरेका छन् ।

समितिले दिएको जानकारीअनुसार, काठमाडौंमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यसहित ७२ जना गिरफ्तार भएका छन् । उनीहरुलाई प्रहरी प्रशिक्षण प्रतिष्ष्ठान महाराजगञ्जमा राखिएको छ ।

काठमाडौं उपत्यका बाहिर सबैभन्दा बढी वीरगञ्जमा गिरफ्तार भएका छन् । संघर्ष समितिका अनुसार, वीरगञ्जमा ३५ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेका छन् ।

त्यस्तै, तनहुँमा १६ जना, जनकपुरमा १२ जना, बारामा छ जना, विराटनगरमा ७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

images
प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - २०:५८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology