मुग्लिन, २२ माघ । नेकपा प्रचण्ड–माधव समूहले आज गरेको आम हड्तालको प्रभाव पृथ्वीराजमार्ग अन्तर्गत चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी बजारमा पनि परेको छ।
चितवनको मुग्लिन बजारमा पसलहरु खुला रहेका छन् भने मनकामना केवलकार, शैक्षिक संस्था, उद्योग धन्दा कलकारखानाहरु बन्द रहेका छन्। छिटफुट रुपमा यातायात सञ्चालनमा रहे पनि सडकमा बन्दकर्ता उपस्थिती भने रहेको छैन।
यस्तै तनहुँको आँबुखैरेनीमा आशिंक रुपमा बजार खुलेपनि अधिंकाश पसलहरु बन्द रहेका छन्। यहाँ पनि शैक्षिक संस्था, उद्योग धन्दा कलकारखानाहरु बन्द रहेका छन्।