आँबुखैरेनी । इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले अवैध लागु औषध गाँजा सहित धादिङका १ जनालाई पक्राउ गरेको छ । शनिबार पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका ४ मा प्रहरीले नियमित सवारी चेकजाँच गर्ने क्रममा मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको यात्रुबाहक बसबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका ४ घर हुने बर्ष १९ को अमर नेपाली रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका निजलाई आईतबार जिल्ला अदालत तनहुँबाट म्याद थप गरि थप अनुसन्धान गरिरहेको छ ।