Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

साउदी अरबमा रक्सी बनाएर बेच्दा ४ सयभन्दा बढी नेपाली जेलमा

साउदी अरबमा रक्सी बनाएर बेच्दा ४ सयभन्दा बढी नेपाली जेलमा

images

इच्छाकामना न्युज

२९, माघ २०८०
साउदी अरबमा रक्सी बनाएर बेच्दा ४ सयभन्दा बढी नेपाली जेलमा
images

साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् । 

रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री वितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ । 

साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो । झण्डै चार लाख नेपालीहरू त्यहाँ कार्यरत रहेको तथ्याङ्क छ । बढी आम्दानी हुने लोभमा नेपालीहरू मदिरा सेवन र बेचबिखनमा संलग्न हुँदा पक्राउ परेका र जेलमा पुगेका नेपाली राजदूतावासका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

ती अधिकारीका अनुसार हाल ४०० भन्दा धेरै नेपालीहरू जेलमा पुगेका छन् । तर वास्तविक सङ्ख्या त्योभन्दा पनि धेरै हुनसक्ने आङ्कलन गरिएको छ । 

images
प्रकाशित मिति :माघ २९, २०८० सोमवार - १०:५७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology