Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अरु केटी हेरेको भन्दै ब्वायफ्रेण्डको आँखामा रेबिजको सुई !

अरु केटी हेरेको भन्दै ब्वायफ्रेण्डको आँखामा रेबिजको सुई !

images

एजेन्सी

२८, माघ २०८०
अरु केटी हेरेको भन्दै ब्वायफ्रेण्डको आँखामा रेबिजको सुई !
images

काठमाडौं । आफ्नो प्रेमी/प्रेमिकाले आफूबाहेक कुनै तेस्रो व्यक्तिलाई आँखा नलगाओस् भन्ने चाहना सबैको हुन्छ । 

कहिलेकाहीँ आफ्नो पार्टनरले अरु कसैलाई आँखा लगाएको सुइँको पाउँदा जो कोही आक्रोसमा आउनु स्वभाविकै हो । तर यस्तो आक्रोसले कुनैबेला हद पार गर्दो रहेछ । अमेरिकामा हालै एउटा यस्तै घटना भएको छ ।

आफ्नो ब्वायफ्रेण्डले अरु महिलालाई हेरेको भन्दै एकजना महिलाले ब्वायफ्रेण्डको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण गरेकी छिन् ।

अमेरिकाको फ्लोरिडास्थित मायामीमा गत नोभेम्बर २५ मा यो घटना भएको हो । समाचार अनुसार ४४ वर्षकी सान्ड्रा जिमेनेजर उनका पार्टनरबीच घरमा प्रायः झगडा परिरहन्थ्यो । आफ्नो पार्टनरले अरु महिलामाथि आँखा लगाएको कुराले उनमा आह्रिस उत्पन्न भएको थियो । अन्ततः नोभेम्बर २५, शनिवारको रातमा झगडाले उग्र रुप लियो र भौतिक आक्रमणसम्म पुग्यो ।

आफ्नो पार्टनर सोफामा पल्टिरहेको मौकामा जिमेनेजले कुकुरलाई रेबिजको खोप लगाउन भनेर ल्याएका दुईवटा सुईले उनको दाहिने आँखामा प्रहार गरिन् ।

रिसको झोँकमा ब्वायफ्रेण्डको आँखामा रेबिजको सुईले आक्रमण गर्दा आँखामा गम्भीर चोट लाग्यो र उनलाई आकस्मिक उपचारका लागि तत्कालै अस्पताल लगियो । ती महिला तत्कालै घटनास्थलबाट फरार भइन् ।

प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई आफ्नै घर बाहिर पार्किङ गरिराखेको कारभित्र सुतिरहेको अवस्थामा फेला पार्यो र पक्राउ गर्यो ।

उनी विरुद्ध चलेको मुद्दामा अदालतले उनलाई मायामी डेड काउन्टी जेलमा पठाउने आदेश गरेको थियो । तर हाल उनी साडे ७ हजार धरौटी तिरेर घरमै नजरबन्दमा बसेकी छिन् ।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - ०९:०९:४० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology