Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

सबै आवेदकलाई ईपीएस परीक्षा गराउन कोरिया तयार, जनवरी २० देखि परीक्षा हुने

सबै आवेदकलाई ईपीएस परीक्षा गराउन कोरिया तयार, जनवरी २० देखि परीक्षा हुने

इच्छाकामना न्युज

२३, पौष २०८०
सबै आवेदकलाई ईपीएस परीक्षा गराउन कोरिया तयार, जनवरी २० देखि परीक्षा हुने

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षाका लागि आवेदन दिन सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ । योसँगै ईपीएस भाषा परीक्षाको विवाद समाधान भएको छ । 

images

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरियाली पक्षसँग सबै आवेदनकर्तालाई भाषा परीक्षामा सहभागी गराउन तयार भएको बताए । 

पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्तालाई उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने विषयले विवाद उत्पन्न भएको थियो । जसका कारण आन्दोलन हुँदा २ जनाको मृत्यु समेत भएको थियो । यो विषयमा उच्च अदालतले २ पटक आदेश दिँदै निवेदनकर्ता र इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो । सोही आधारमा ईपीएस कोरिया शाखाले पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्तालाई समेत उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । तर, यो विषयमा कोरियाले भने कुनै निर्णय गर्न सकेको थिएन ।

एचआरडी कोरियाका अधिकारीहरुसँगको छलफलपछि सबै आवेदनकर्तालाई भाषा परीक्षामा सहभागी गराउन तयार भएको महानिर्देशक घिमिरेले बताए ।

भाषा परीक्षा लिने कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) का निमित्त प्रमुखसँग महानिर्देशक घिमिरेको छलफल भएको थियो । छलफलको क्रममा सबैलाई भाषा परीक्षामा सहभागी गराउन तयार हुनुका साथै जनवरी २० देखि परीक्षा सञ्चालन गर्ने समेत जानकारी दिएको महानिर्देशक घिमिरेले बताए ।

सबै परीक्षार्थीहरुलाई तीनवटा लटमा विभाजन गरेर परीक्षा दिन लगाउने सहमति भएको घिमिरेले बताए । पहिलो लटमा आउँदो जनवरी २० तारिखबाट हुनेछ । जसमा ४७ हजार जनाको परीक्षा लिइनेछ । त्यस्तै दोस्रो लटमा ८० हजार र तेस्रो लटमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिन पाउने उनको भनाई छ । पहिलो लटको परीक्षा सकिएपछि दोस्रो र तेस्रो लटको परीक्षा हुनेछ ।

उत्पादनमूलक क्षेत्रका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए । 

images
प्रकाशित मिति :पौष २३, २०८० सोमवार - २१:१९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology