Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आज बालाचतुर्दशी : देवघाटमा शतबीज छर्ने भक्तजनको भीड

आज बालाचतुर्दशी : देवघाटमा शतबीज छर्ने भक्तजनको भीड

इच्छाकामना न्युज

२५, मंसिर २०८०
आज बालाचतुर्दशी : देवघाटमा शतबीज छर्ने भक्तजनको भीड

चितवन । आज बालाचतुर्दशीको दिन देवघाटधाममा शतबीज छर्न आउने भक्तजनको भीड लागेको छ । देवघाट क्षेत्र विकास समितिले यसबर्ष शतबीज छर्न आइतबारदेखि नै ठूलो संख्यामा भक्तजन देवघाट आएको जनाएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाका अनुसार आइतबार दिउँसोबाट देवघाटमा भक्तजन आएका छन । रातभर दियो बालेर जाग्राम बसी आज बिहान ३ बजेदेखि स्नान गरेर शतबीज छर्न थालिएको हो । उहाँका अनुसार चितवन र तनहुँतर्फ शतबीज छर्ने व्यवस्था गरिएको छ ।

images

रातभर गण्डकी र त्रिशुलीको वेणिसंगममा ठूलो संख्यामा भक्तजनहरु दियो बालेर जाग्राम बसेको रानाले बताउनुभयो । बालाचतुर्दशीको अघिल्लो रात आइतबार दिवङ्गत पितृका नाममा महादीपदान गर्न लाखौँ भक्तजन यहाँ आएर रातभर जाग्राम गर्ने परम्परा छ । भक्तजनको संख्या पछिल्ला वर्षको सबैभन्दा बढी हो । दिवगंत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै बालाचतुर्दशीमा शतबीज छर्ने गरिन्छ । शतबीजमा धान, गहुँ, जौँ, हलेदो, सक्खरखण्डलगायत चिजबीज छर्ने परम्परा छ ।

आजका दिन देवघाटधामको त्रिशूली र कालीगण्डकीको संगम वेणीमा शतबीज छर्नाले दिवंगत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको छ । देवघाट पवित्र तीर्थस्थल हो । ठूलो संख्यामा भक्तजन आउने भएकाले सुरक्षा, बत्ती, शौचालयलगायत व्यवस्थापनमा समितिले ध्यान दिएको अध्यक्ष रानाले बताउनुभयो । भक्तजनलाई नदीमा आवतजावत गर्नका लागि डुङगाको व्यवस्था गरिएको छ । आज विभिन्न शिव मन्दिर र नारायणी नदी किनारमा पनि सतबीज छर्नेको भीड लाग्छ ।

 
 

images
प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - ०८:५४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology