Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रधानमन्त्री प्रचण्डद्वारा आँबुखैरेनी अस्पतालको उद्घाटन 'रणनैतिक महत्वको अस्पताल भएकोले अपग्रेड गर्नुपर्नेमा जोड'

प्रधानमन्त्री प्रचण्डद्वारा आँबुखैरेनी अस्पतालको उद्घाटन 'रणनैतिक महत्वको अस्पताल भएकोले अपग्रेड गर्नुपर्नेमा जोड'

images

इच्छाकामना न्युज

१, मंसिर २०८०
प्रधानमन्त्री प्रचण्डद्वारा आँबुखैरेनी अस्पतालको उद्घाटन 'रणनैतिक महत्वको अस्पताल भएकोले अपग्रेड गर्नुपर्नेमा जोड'
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थापना गरि एक वर्ष अघि सेवा सूचारु गरेको आँबुखैरेनी अस्पताल औपचारिक उद्घाटन भै संचालनमा आएको छ । गत वर्ष मंसिर १ गतेदेखि अनौपचारिक रुपमा संचालनमा आएको अस्पतालको आज एक कार्यक्रमको बिच कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।

Screenshot (54).png

अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आँबुखैरेनी अस्पताल रणनैतिक महत्वको अस्पताल भएको बताउनुभयो । आँबुखैरेनीमा स्थापना भएपनि तनहुँ जिल्लाको अलावा गोरखा र चितवनका स्थानीय तहका नागरिकहरुले समेत सेवा लिने स्थान भएकोले यसको आवश्यकता र महत्व छुट्टै रहेको उहाँले बताउनुभयो । ‘यसैले यो अस्पताललाई उप क्षेत्रीय अस्पतालको रुपमा विकाश गर्न आवश्यक देखिन्छ’ –उहाँले भन्नुभयो ।

यस्तै आँबुखैरेनी अस्पताललाई ट्रमा सेन्टर सहित सुविधा सम्पन्न अस्पतालको रुपमा अपग्रेड गर्न आवश्यकता रहेकोले त्यसका लागि आफुले छलफल चालाउने उहाँले बताउनुभयो ।

Screenshot (59).png

यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आँबुखैरेनी अस्पतालमा अपरेशन सेवा सूचारु गराउनका लागि आवश्यक अपरेशन सहितको टेबल व्यवस्थापनका लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।

Screenshot (55).png

कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले अस्पतालको लागि निःशुल्क डायलसिस सेवा सुरु गर्नका लागि थप २ थान डायलसिस मेसिन र मेजर अपरेशनका लागि आवश्यक सामाग्री व्यवस्थापन गर्न कठिन भएकोले सहयोग गरिदिन प्रदेश र संघिय सरकारलाई आग्रह गर्नुभयो ।

images
प्रकाशित मिति :मंसिर १, २०८० शुक्रवार - १४:२५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology