Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटबाट मुर्ती चोरी फरार भएका भरतपुरका प्रकाश ढुंगाना पक्राउ

देवघाटबाट मुर्ती चोरी फरार भएका भरतपुरका प्रकाश ढुंगाना पक्राउ

images

इच्छाकामना न्युज

६, कार्तिक २०८०
देवघाटबाट मुर्ती चोरी फरार भएका भरतपुरका प्रकाश ढुंगाना पक्राउ
images

आँबुखैरेनी । तनहुँको देवघाट गाउँपालिका ५ क्षेत्रीटोल स्थित रहेको मुक्तिनाथधाम मन्दिर रामानन्दिय श्री वैष्णव गुरुकुल आश्रममा रहेको विभिन्न मुर्तीहरु चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ३ चितवन बस्ने वर्ष २३ को प्रकाश ढुंगाना रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

चोरी अपराधमा पक्राउ परेका ढुंगानाले शनिबार देवघाटको उक्त आश्रमबाट शिव पार्वतीको मुर्ति १ थान, राम लक्ष्मणको मुर्ति १ थान, विष्णुको मुर्ति १ थान र हनुमानको मुर्ति १ थान गरी ४ थान धातुको मुर्ति  चोरी गरेका थिए ।

उनले चोरी गरेर लगेको सबै मूर्ती ढुंगानाका साथबाट बरामद गरिएको प्रहरीले जानकारी दिएको साथै निजलाई थप अनुसन्धानको लागि हाल ईलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको कार्यालय प्रमुख प्रहरी निरिक्षक शिव थापाले बताए । 

images
प्रकाशित मिति :कार्तिक ६, २०८० सोमवार - २१:२४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology