आँबुखैरेनी । तनहुँको देवघाट गाउँपालिका ५ क्षेत्रीटोल स्थित रहेको मुक्तिनाथधाम मन्दिर रामानन्दिय श्री वैष्णव गुरुकुल आश्रममा रहेको विभिन्न मुर्तीहरु चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ३ चितवन बस्ने वर्ष २३ को प्रकाश ढुंगाना रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
चोरी अपराधमा पक्राउ परेका ढुंगानाले शनिबार देवघाटको उक्त आश्रमबाट शिव पार्वतीको मुर्ति १ थान, राम लक्ष्मणको मुर्ति १ थान, विष्णुको मुर्ति १ थान र हनुमानको मुर्ति १ थान गरी ४ थान धातुको मुर्ति चोरी गरेका थिए ।
उनले चोरी गरेर लगेको सबै मूर्ती ढुंगानाका साथबाट बरामद गरिएको प्रहरीले जानकारी दिएको साथै निजलाई थप अनुसन्धानको लागि हाल ईलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको कार्यालय प्रमुख प्रहरी निरिक्षक शिव थापाले बताए ।