Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

एनआरएनएको महाधिवेसन आजबाट

एनआरएनएको महाधिवेसन आजबाट

images

इच्छाकामना न्युज

३०, आश्विन २०८०
एनआरएनएको महाधिवेसन आजबाट
images

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेसन आजबाट सुरु हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको महाधिवेसन अक्टोबर २० सम्म काठमाडौंमा चल्नेछ ।

महाधिवेसनले आगामी दुई वर्षका लागि अध्यक्षसहित एनआरएनएका पदाधिकारीहरु चयन गर्नेछ । अक्टोबर १९ अर्थात् कार्तिक २ गते महाधिवेसनमा मतदान हुने निर्वाचन कार्यतालिका छ । 

त्यसअघि विभिन्न विषयहरुमा छलफल एवं गोष्ठी हुनेछन् ।

यसपटक एनआरएनको अध्यक्षमा रुसबाट डा. बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रबिना थापा र कतारबाट राजेन्द्र कुमार (आरके) शर्माको उमेदवारी रहेको छ ।

एनआरएनएको निर्वाचन समिति कार्यालयका अनुसार ६ जना उपाध्यक्ष पदका लागि १८ जनाको उमेदवारी रहेको छ । एक महिला उपाध्यक्षमा दुईजनाको उमेदवारी परेको छ । एक युवा उपाध्यक्षका लागि पनि दुई उमेदवार छन् । एनआरएनएका यो महाधिवेसनमा अन्य पदहरुमा पनि बलियो प्रतिस्पर्धा रहेको छ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - ०७:२३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology