Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इजरायलमा ज्यान गुमाएकामध्ये पाँचजनाको शव नेपाललाई प्राप्त

इजरायलमा ज्यान गुमाएकामध्ये पाँचजनाको शव नेपाललाई प्राप्त

images

रासस

२९, आश्विन २०८०
इजरायलमा ज्यान गुमाएकामध्ये पाँचजनाको शव नेपाललाई प्राप्त
images

काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव नेपालले प्राप्त गरेको छ।

इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव आइतबार नेपालले प्राप्त गरेको हो।

घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ। प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको र उपलब्ध संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी अझै तीव्र पारिएको विज्ञप्तिमा उल्लेख छ।

आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका (एकजना नेपाल पुगिसकेका र एकजना दूतावासको हेरचाहमा रहेका) छन् भने दुईजना अस्पतालमा उपचाररत छन्।

images
प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - ०८:२३:०५ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology